२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी

२०७६, २९ चैत्र शनिबार १५:३४

चैत २९, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका बताइएको छ ।

सम्मेलनमा प्रधानमन्त्रीले लकडाउन बढाउनु पर्ने वा नपर्ने भन्नेबारेमा कुराकानी गर्नुभएको बताइएको छ । सरकारले तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतवारसम्म नयाँ घोषणा गर्नसक्ने बताएका छन् । 

प्रधानमन्त्री मोदीले लकडाउन गर्नेे ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको एक अधिकारीले बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भन्नुभयो, “प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।” 

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मङ््गलबार सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए । 

दुई राज्य ओडिशा र पञ्जाबले पहिले नै थप करिब दुई हप्ता तालाबन्दी गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् । आलोचकहरूले सङ्क्रमणलाई नियन्त्रणमा राख्न देशव्यापी बन्दाबन्दीको आवश्यक भएको बताएका छन् । 

भारतमा अहिलेसम्म करीव सात हजार ५०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र २४० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट गरेका छन् । सरकारले कुनै पनि समुदायमा महामारीका रूपमा सङ्क्रमण नफैलिएको बताएको छ ।

रिपोर्टका अनुसार हिन्दू(राष्ट्रवादी सरकार अर्थव्यवस्थामा अन्तर्रा्ष्ट्रिय उडानमा प्रतिबन्ध र प्रतिबन्धको प्रभावबाट चिन्तित छ जुन महामारीको स दभ्क्रिमण हुनुभन्दा अघि नै सुस्त थियो।

गत तीन हप्तामा लाखौं मानिसहरूको रोजगारी गुमेको छ लकडाउनका कारण कतिपय क्षेत्रमा श्रमिकहरू पैदल हिँडेर लामो दूरीको यात्रा गर्दै आफ्नो गाउँतिर गइरहेका भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भिडियोहरू सार्वजनिक भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने