Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरानचोक गाउँपालिकाद्वारा लकडाउन उल्लंघन गर्नेलाई कडाई, १५२ समूहद्वारा निगरानी गरिंदै

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

मनोज पराजुली । वैशाख ३, गोरखा। सिरानचोक गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेहरु माथि थप कडाई गर्न शुरु गरेको छ । विदेश तथा शहरका विभिन्न ठाउँबाट गाउँ फर्किनेहरू बढेसंगै लकडाउनको कार्यान्वयन गर्न सबै वडामा कोरोना प्रतिकार्य समूह नै गठन गरेर गाउँपालिकाले विशेष अभियान नै चलाएको हो ।

सबै वडामा कोरोना टोल प्रतिकार्य समूह गठन

गाउँपालिकाका सबै वडामा कोरोना टोल प्रतिकार्य समूह गठन गरिएको छ, गाउँपालिका अध्यक्ष राजु गुरुङले साझा सबालसंग भने 'विदेशबाट गाउँ र्फकेका मानिसहरु सम्पर्कमा आउन नचाहने र लुक्ने गरेपछि हामीले विशेष अभियान चलाएका छौं, हाल गाउँपालिका भित्र रहेको आठवटै वडामा कुल १ सय ५२ समूहले काम गरिरहेका छन् ।'

समुहमा कम्तिमा २/२ महिला, पुरुष रहनेगरी गठन गरिएको छ, उहाँहरुले आफ्नो टोलको सुरक्षा आँफै गर्नुहुन्छ, गुरुङले भने 'गाउँमा कोहि नयाँ मान्छे आयो भने अनिवार्य होम क्वारेन्टाइनमा बन्नुपर्छ, क्वारेन्टाइनमा बस्यो कि, बसेन भनेर वडा अध्यक्षसंग समन्वय गर्ने तथा गाउँपालिकामा खबर गर्ने र प्रहरीको आवश्यकता भए बोलाएर सहायता लिन सक्ने गरि समुहले काम गरिरहेको छ ।'

सीमा नाकामा चेकपोष्ट

अहिले गाउँपालिकाको हरेक सीमानामा चेकपोष्ट बनाएको छ । गाउँपालिका भित्र ६ सय ८ जना स्वंसेवक खटिएका छन् । उनीहरुले प्रतिकार्य समुहमा रहेर गाउँमा को आयो, को गयो सबै थाहा रेकर्ड लिन्छन् उक्त रेकड हरेक दिन वडा मार्फत गाउँपालिका केन्द्रमा प्राप्त हुने व्यवस्था गरिएको गुरुङले बताए ।

पालुंङ्गटारसंग सीमा जोडिएको वडा नम्बर ३ मा हर्मिमा, वडा ४ को चोरकाटेमा, वडा नम्बर ७ मा र २ नम्बर वडाको थालाजुंङ्गमा चेकपोष्ट मार्फत चेकजांच गरि आउने जानेहरुको विवरण लिने काम गरिएको गुरुङले बताए । हरेक समुहलाई पत्राचार गरेर नै अधिकार दिइएकोले उहाँहरुले सहज तरिकाले काम गरिरहनुभएको उनको भनाई छ ।

कोरोना प्रतिकार्य समुहमा खटिने स्वयं सेवकलाई सुरक्षा व्यवस्था नसकिएको तर  सामुहिक दुरी कायम गरेर काम गर्न भनिएको गुरुङले बताए । उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पीपीई सेट, एन-९५ मास्कसहित आवश्यक सुरक्षा सामग्री वितरण भइसकेको उनले बताए ।

सामुहिक बस्ने व्यवस्था

गाउँपालिकाले हालसम्म ४ ठाउँमा क्वारेन्टाइन निर्माण गरेको छ । वडा नम्बर २ को आहाल भन्ज्याङस्कुलमा, वडा नम्बर ४ को सर्वोदय मा.वि, परोपकार मा.वि जौवारीमा, वडा नम्बर ३ को हर्मीमा रहेको विज्ञान प्राविमा सामुहिक बस्ने व्यवस्था गरिएको गुरुङले बताए ।

अहिलेका लागि १०/१० सिट क्षमताको बनाएका छौं, तर सर्वोदय माविमा १८/२० जना अट्ने गरि निर्माण गर्न लागिएको छ गुरुङले भने 'थालाजुंङ्गमा प्रत्येक समुहले आफ्नो सामुदायिक भवनमा ६०/७० जना अट्नेगरी समुदायले नै व्यवस्था गर्दैछन् ।'

बाहिरबाट गाउँमा जाने जो कोहि पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ उनले बताए । समुहमा बस्नेले खान बस्नको लागि आँफैले व्यवस्था गर्ने हो, तपाईहरु आँफैले व्यवस्था गर्नुहोस् भनेपछि मानिसहरु क्वारेन्टाइन बस्न छोडेकोले आज वैठक बसेर कसरी व्यवस्थापन गर्नेबारे छलफल गरिने उनले बताए ।

शहरबाट गाउँ छिर्नेले समस्या

लकडाउनका कारण शहरबाट गाउँ छिर्नेहरुका कारण केहि समस्या रहेको गुरुङ्ले बताए । शुरु शुरुमा गाउँ आएर समुह बनाएर हिंड्ने, खोलामा माछा मार्न जाने, जुवातास खेल्ने गर्ने पाइएको थियो तर अहिले गाउँ गाउँमा कोरोना प्रतिकार्य समुह बनाएपछि अलि सहज भएको उनले उनले अनुभव सुनाए ।

लकडाउन अवधि थपिएसंगै मानिसहरु शहरमा बस्न अत्तालिएर फेरी गाउँ फर्किने हुन् कि भन्ने चिन्ता रहेको उनले बताए । एक गाउँबाट अर्को गाउँमा आएकालाई आएकै ठाउँमा फिर्ता गरिएको तर काठमाडौं लगायत शहरबाट गाउँ फर्कनेलाई के गर्ने भन्ने समस्या देखिएको उनले बताए ।

अहिलेपनि राति राति गाउँ फर्किनेहरु बढेको खबर आएकोले उनीहरुलाई के गर्ने भन्ने विषयमा छलफल गर्दैछौं गुरुङले भने 'क्वारेन्टाइनमा राख्ने कि, नभएको ठाउँमा सामुहिक क्वारेन्टाइन बनाएर राख्ने कि भन्ने तयारी शुरु भएको छ ।'

टोलमा खाद्यान्न अभाव भए वडालाई जानकारी गराउने, नियमित औषधि खानेलाई उपलब्ध गराउन सहजीकरण गर्ने कार्य नियमित रुपमा गरिएको उनले बताए । गाउँपालिका भित्र हालसम्म विदेशबाट आएका १५ जनाको पहिचान भएको उनीहरुको आज नै स्वाव परिक्षण गरिन लागेको उनले बताए ।