२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

२०७७, ३ बैशाख बुधबार ११:१६

वैशाख ३, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । 

हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ । भोली देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन