प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानका"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमबाट १ सय ९५ द्धन्द्धकालिन उजुरी दर्ता

२०७३, ५ श्रावण बुधबार ०२:३४

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् ।

द्धन्द्धकालिन मुद्धाहरुको समाधानकालागि गठित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालयमार्फत उजुरी माग गरेपछि पुर्वान्चलमै धेरै १ सय ९५ उजुरी परेको स्थानीय शान्ति समिति तेह्रथुमले जनाएको छ । 

त्यसमध्ये बेपत्ता व्यक्तिहरुको छानविन तर्फ १६ वटा र सन्य निरुपण तथा मेलमिलाप आयोगतर्फ १ सय ७९ वटा उजुरी दर्ता भएका हुन् । आयोगले उजुरीकालागि साउन २ गते अर्थात्  आइतबारसम्मको म्याद दिएको थियो । आफुले कार्यालयमा प्राप्त उजुरीहरु शिलबन्दी गरी आयोगको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारीलाई बुझाईसकेको शान्ति समिति सचिव तुलसीराम रिमालले जानकारी दिनुभयो ।

शशस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य र विद्रोही पक्षद्धारा बेपत्ता पारीएका, विस्थापित भएका, अङ्गभङ्ंग र घाइते भएका, मृत्यु भएका, यौनजन्य हिंसा, सम्पत्ति क्षति तथा गम्भीर मानव अधिकार उल्लघंन भएका घटनाका बारेमा अध्ययन गरी छानविन तथा सत्य तथ्य पत्ता लगाउन गठित आयोगले त्यसम्बन्धी उजुरी दिन आव्हान गरेका थिए । तर उजुरी गर्ने द्धन्द्धपिडितहरुले भने आफुहरुका मनमा उजुरीमाथि छानविन र कारबाही हुने आशा कमैमात्र रहेको बताएका छन् । 

तर जिल्लामा ०५२ देखि ०६२ सालसम्म चलेको दश वर्षे जनयुद्धका क्रममा जिल्लाबासीले निकै सास्ती बेहोरेका थिए । त्यसकारण पनि द्धन्द्धका क्रममा बेपत्ता पारिएका र अन्य द्धन्द्ध पिडितहरुको न्याय र सुविधाकालागि शान्ति तथा पुनः निर्माण मन्त्रालय अन्तर्गत स्थापना भएको स्थानीय शान्ति समितिमा नआएका पिडितहरुसमेत आयोगसमक्ष आएका छन् । स्थानीय शान्ति समितिले १२ जना मात्रै बेपत्ता भएको तथ्यांक संकलन गरेको भएपनि अहिले आयोगसमक्ष १६ जनाले उजुरी दिएका छन् । 

जिल्लामा आयोगले सूचना जारी गरेपछि स्थानीय शान्ति समितिमार्फत प्रचार प्रसार र छलफल तथा अभिमुखीकरण गरिएकाले उजुरीहरु धेरै परेको संयोजक देवनारायण सम्बाहाम्फेले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन