साउन ५, काठमाडौँ । सभामुख ओनसरी घर्तीले ११ दिनदेखि अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ । सभामुख ओनसरी घर्तीले ११ दिनदेखि अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

सभामुखलाई गोविन्द केसीको प्रश्न, तपाईंको घर कहाँ हो ? त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ?

२०७३, ५ श्रावण बुधबार ११:०९

साउन ५, काठमाडौँ । सभामुख ओनसरी घर्तीले ११ दिनदेखि अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर सभामुख घर्तीमगरले डा केसीको स्वास्थ्यबारे जानकारी लिएकी हुन् । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । सभामुख घर्तीले डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने आश्वासन दिएकी छन् । 

डा केसीले सभामुख ओनसरी घर्तीलाई ‘तपाईंको घर कहाँ हो ?’ र त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ? भन्ने प्रश्न गर्दै चिकित्सा शिक्षा सुधार गरे मात्र सबै नेपाली गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए । 

डा केसीले भने, ‘त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटकपटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यका भन्दा बाहिर जानै मन छैन ।’

सभामुखसँगको भेटमा डा केसी शिक्षालाई सेवाको भावमा नभई नाफामूलक संस्थाको रुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पारेका छन् । सभामुख घर्तीले डा केसीका मागका विषयमा दलसँग छलफल गर्ने समेत आश्वासन दिएकी छन् । 

सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से