साउन ७, कपिलबस्तु । कपिलबस्तुका ५३ गाबिस मध्ये १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । जिल्लाका विद्यानगर, पत्थरदेईया, नन्दनगर,&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, कपिलबस्तु । कपिलबस्तुका ५३ गाबिस मध्ये १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । जिल्लाका विद्यानगर, पत्थरदेईया, नन्दनगर,&nb"/>
२०८२, ४ चैत्र बुधबार
कपिलवस्तु - KPL

कपिलबस्तुका १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल

२०७३, ७ श्रावण शुक्रबार ०९:५०

साउन ७, कपिलबस्तु । कपिलबस्तुका ५३ गाबिस मध्ये १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । जिल्लाका विद्यानगर, पत्थरदेईया, नन्दनगर, हर्दौना, गौरी, दोहनी, धरमपनिया, विठुवा, बिजुवा, बासखोर, बसन्तपुर, फुलिका, सौराहा, हरनामपुर, पिपरा, निग्लिहवा र पतरिया गरी जिल्लाका १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । भने बांकी ३६ गाविस सफल भएका जिल्ला बिकास समितीका सुचना अधिकृत राजन कुमार पोख्रेलले बताउनुभएको छ ।

उक्त सूचीमा लुम्वीनी अञ्चलका नवलपरासी र रुपन्देही जिल्ला पनि रहेका छन । उक्त मूल्यांकनको आधारमा तराईका १८ जिल्ला मध्ये कपिलवस्तु चौथो स्थानमा रहेको छ भने ७५ जिल्ला मध्ये कपिलवस्तु ४५ औं स्थानमा परेको छ । यता कपिलबस्तु नगरपालिकाले जानकारी गराए अनुसार यसवर्ष न्यूनतम शर्त तथा कार्यसम्पादन मापन एमसीपीएममा तेस्रो तहमा परेको बताइएको छ । जस बमोजिम नगरपालिकाले थप अनुदान ९० प्रतिशत पाउने कपिलबस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराइले बताउनुभएको छ ।

जिल्ला बिकास समिती कपिलबस्तुले यसवर्ष न्यूनतम शर्त तथा कार्यसम्पादन मापन एमसीपीएममा देशभरिबाट ५१ अंक प्राप्त गरेको छ । स्थानीय निकायको वित्तिय आयोगले प्रस्तुत गरेको १३ वटा सूचकहरुको र्शत प्रयोग गरेबापत जिल्ला विकास समिति कपिलबस्तुले यसवर्ष ५१ अँ अंक प्राप्त गरेको हो । आयोगले प्रारम्भिक चरणमा जिल्ला विकास समिति कपिलबस्तुलाई ५१ अंक प्रदान गरेको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभएको छ ।

जिल्ला विकास समितिले पेश गरेको कागजी प्रमाणहरुलाई हेरेर वित्तिय आयोगले यतिको नम्बरमा राखेको जिल्ला विकास समिति कपिलबस्तुले जनाएको छ । जिविसले पेश गरेको प्रमाणका आधारमा न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको आधारमा जिल्ला विकास समितिको पूंजीगत अनुदान अन्र्तगत आगामी आर्थिक बर्ष लागि ८५ प्रतिशत बजेट बढेर आउने निश्चित भएको छ ।

स्थानीय निकायको वित्तिय आयोगले जिल्ला विकास समितिले गरेको कार्यप्रगति र बजेट बांडफांडलाई हेरेर हरेक बर्ष मुलुकभरका जिल्लालाई प्रतिस्पर्धात्मक हिसावले प्राथामिकतामा राखेर नम्बर दिने गर्दै आएको छ । वित्तिय आयोगले अनिबार्य लेखापरीक्षण, समयमा परिषद् गरेको या नगरेको, बाषिर्क समीक्षा, सार्वजनिकीकरण लगायत १३ वटा प्रमुख सूचक राखेर मूल्याङ्कन गरेको हुन्छ । आगामी आर्थिक बर्षका लागि जिविस अनुदानमा ८५ प्रतिशत बजेट थपिने भएपछि जिल्लाको विकास निर्माणमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी