साउन ८, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन राजधानीमा शनिबार हजारौ सर्वसाधारण सडकमा उत्रिएका छन् ।
विभिन्न संघ संस्था, चिकित्सक तथा विद्यार्थीको अगुवाईमा माइतीघरमा ठूलो संख्यामा सर्वसाधारण जुलुशमा निस्किएका छन् ।
चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी अनसनमा बसेका छन् ।
तस्बिर: गोपीकृष्ण चापागाई, सास