मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामि"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानाध्यापकले स्कुलको खाता अर्कै शिक्षकको नाममा सारेको भन्दै मुगुका जिशिअमाथि हातपात

८ श्रावण २०७३, शनिबार ०८:३५

मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामिना गरेको भन्दै मुर्माका स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने गरी व्यवस्था गरिदिन जिशिअ हमालसमक्ष लिखित निवेदन दिएका थिए । जिशिअ हमालले हिजो मात्रै उक्त विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने बनाएका थिए ।

प्रअ आफू भएर पनि खाता अकै शिक्षकको नामबाट चल्ने भएपछि आवेगमा आएका शाहीले मदिरा सेवन गरी छ÷सात जनाको समूह लिएर जिशिअमाथि हातपात गरेका थिए । हातपातका क्रममा जिशिअ हमालको ल्यापटप, घरका ढोका तोडफोड भएका छन् । घटनालगतै प्रहरीले शाहीलाई गमगढीस्थित आफ्नै घरबाट गएराति नै पक्राउ गरेको छ ।

शाहीले विद्यालयका शिक्षकको तलब, खाजा, मसलन्द र निमार्णका रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शाहीले गत वर्ष राष्ट्रिय बाणिज्य बैंक मुगुका कर्मचारीको मिलोमतोमा बैंकमा रहेका अर्कै व्यक्तिको खाताबाट रकम झिकेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला