मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामि"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानाध्यापकले स्कुलको खाता अर्कै शिक्षकको नाममा सारेको भन्दै मुगुका जिशिअमाथि हातपात

२०७३, ८ श्रावण शनिबार ०८:३५

मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामिना गरेको भन्दै मुर्माका स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने गरी व्यवस्था गरिदिन जिशिअ हमालसमक्ष लिखित निवेदन दिएका थिए । जिशिअ हमालले हिजो मात्रै उक्त विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने बनाएका थिए ।

प्रअ आफू भएर पनि खाता अकै शिक्षकको नामबाट चल्ने भएपछि आवेगमा आएका शाहीले मदिरा सेवन गरी छ÷सात जनाको समूह लिएर जिशिअमाथि हातपात गरेका थिए । हातपातका क्रममा जिशिअ हमालको ल्यापटप, घरका ढोका तोडफोड भएका छन् । घटनालगतै प्रहरीले शाहीलाई गमगढीस्थित आफ्नै घरबाट गएराति नै पक्राउ गरेको छ ।

शाहीले विद्यालयका शिक्षकको तलब, खाजा, मसलन्द र निमार्णका रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शाहीले गत वर्ष राष्ट्रिय बाणिज्य बैंक मुगुका कर्मचारीको मिलोमतोमा बैंकमा रहेका अर्कै व्यक्तिको खाताबाट रकम झिकेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से