२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा प्रधानमन्त्रीको जोड

२०७७, २४ असार बुधबार १४:१४

असार २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा आज आयोजित ‘कोभिड–१९ र श्रमको संसार ः उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्र्दै उहाँले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा लगानी र व्यापारमा भएको गिरावट तथा यात्रा उद्योगमा उत्पन्न व्यवधानले विश्व अर्थतन्त्रलाई ठूलो आघात पुगेको बताउँदै त्यसबाट दशौँ लाख श्रमिक र उद्योग प्रभावित भएको यथार्थ प्रस्तुुत गर्नुभयो । “कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मानव केन्द्रित सम्मानजनक श्रमप्रति ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रसङ्घ र आईएलओजस्ता त्यसका विशिष्टिकृत निकायहरुले विश्वव्यापी महामारीलाई मुख्य मुद्दा मानेर विश्वव्यापी रुपमा नै सुदृढ प्रतिकार्य अघि बढाउन अपरिहार्य भएको बतानुभयो ।

रोजगारी र आम्दानीको सुरक्षाबिना नै महामारीकाबीच निराश भएर श्रमिकहरु घर फर्किएका बताउँदै उहाँले विश्व स्वास्थ्य सङ्गठनका मान्यताको पालना गरेको भए त्यस्तो परिस्थिति उत्पन्न हुँदैनथ्यो भन्नुभयो । “सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, अति कठिन क्षणमा हाम्रो विवेकले नै न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले ओलीले अन्तर्राष्ट्रिय ऐक्यबद्धताले रोजगारीको क्षयलाई बचाउने, आप्रवासी कामदारको फिर्ती र दिगो विकासका लक्ष्य हासिलका दिशामा भएका प्रगतिलाई पछाडि धकेलिदिँदा गरिबी बढ्ने बताउनुभयो । 

उहाँले कोभिड–१९ को महामारीको प्रभावको रोकथाम तथा औपचारिक एवं अनौपचारिक क्षेत्रका श्रमिकहरुको सुरक्षाका निम्ति नेपाल सरकारले अपनाएका तत्कालिन र मध्यकालीन उपायका साथै दिगो रोजगारीका अवसर सृजनाबारे पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन