२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’

२०७७, २७ असार शनिबार ०२:०२

असार २७, काठमाडौं । भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो। त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’

‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू अरुण मि श्र, एमआर शाह र बीआर गवाईको इजलासले उक्त फैसला सुनाएको थियो। ‘द वायर’ का पत्रकारलाई गृहमन्त्री अमित शाहका छोरा जे शाहले मानहानीको मुद्दा हालेका थिए। बीजेपीले सरकारको नेतृत्व गर्न थालेपछि शाहको कम्पनीको कारोबारमा अत्यधिक वृद्धि हुन थालेको भन्ने समाचारमा उनको घोर आपत्ति थियो।

शाह मात्र होइनन्, उनी जस्ता कैयौं हाई प्रोफाइल व्यक्तिका निजी जीवनलाई लिएर पनि भारतीय मिडियाले धेरै स्क्यान्डल फैलाएको पाइन्छ। जसमध्ये शिना बोराको हत्याकाण्ड एक हो। यी युवतीको हत्या आरोप उनकै आमा इन्द्रणी मुखर्जीलाई लाग्यो। इन्द्रणी स्टार टीभीका प्रमुख पिटर मुखर्जीकी पत्नी थिइन्।मुखर्जीको पारिवारिक सम्बन्ध एकदमै जेलिएको थियो।इन्द्रणीले आफ्नो पहिलो पतिबाट छोरी विधि भएको बताएकी थिइन्।

विधिको बहिनी शिना र भाइ मिखायल पनि छन् भन्ने थाहा दिइनन्। शिना पिटरको पहिलो पत्नीको छोरा राहुलसँग प्रेम सम्वन्धमा रहेकाले घुमफिरमा जान थालिन्।शिनाले एक दिन पिटरलाई आफू इन्द्रणीको बहिनी नभई छोरी भएको बताइन्। त्यस दिनदेखि उनी गायब भइन्। त्यसपछि भारतीय मिडियाले उनको ‘मर्डर मिस्ट्री’ का कहानी आफू अनुकूल प्रसारण गर्न थाले। टेलिभिजनहरूले निकै आक्रामक ढंगमा मनगढन्ते समाचार प्रस्तुत गरे।

रिपोर्टरले उनीहरूका आफन्त, छिमेकी, पूर्वपति, पत्नी, साथीलगायतकालाई धेरै पछ्याउन थाले। आरोपितको अनुहार बारम्बार देखाइयो। पीडितको व्यक्तिगत परिवारको विवरणमा बारम्बार छलफल चलाइयोे। फरेन्सिक विज्ञलाई स्टुडियोमा बोलाएर प्रश्न सोधियो। पूर्वप्रहरी अधिकारीहरूलाई पनि बोलाएर घटनाको विवरण मागियो। तथ्यमा आधारित रहनुभन्दा मानिसले गरेका कुराकानी र अनुमानलाई समाचारको विषय बनाइयो।

सन् २०१७ मा भारतको रिपब्लिक टीभीले जामा मस्जिदका प्रमुख इमाम बुखारीसँग सुविधासम्पन्न गाडीहरू किन्न पैसा भएको तर, मस्जिदको विद्युत् शुल्क तिर्ने पैसा नभएको भन्दै समाचार प्रसारण गरेको थियो। त्यसैगरी अर्को च्यानल आजतकले साउदी अरबका पुरुषलाई अत्यधिक भोक लागेमा आफ्नै पत्नीलाई नै खान पाउने व्यवस्था लागू भएको भन्दै सनसनी मच्चाएको थियो।

वर्षको सुरुआतमै जी न्युजले प्रसारण गरेको एक समाचारले पनि सबैलाई चकित तुल्याएको थियो। मुम्बई आक्रमणका मास्टरमाइन्ड दाउद इब्राहिमको १५ हजार करोडको सम्पत्ति दुबईमा जफत गरिएको उक्त समाचारमा जनाइएको थियो। समाचार प्रसारण भएको दुई सातापछि दुबईका अधिकारीहरूले समाचारलाई आधिकारिक रूपमा खण्डन गरेका थिए।

रामनाथ कोभिन्ड भारतको १४औं राष्ट्रपति बनेपछि एकै मिनेटमा ट्विटरमा उनका ३२ लाख ५० हजार फलोअर भएको समाचार पनि जी न्युजले नै देखाएको थियो। रिपब्लिक टीभीले भने एक घण्टामा कोभिन्डले ३० लाख फलोअर कमाएका समाचार प्रसारण ग¥यो। ती तथ्यांक झुटा थिए। जब कि टाइम्स अफ इन्डिया, इकोनोमिक टाइम्स, फाइनान्सियल एक्सप्रेसलगायतले तिनै काल्पनिक समाचारलाई पछ्याएका थिए।

भारतमा कोरोना महामारीकै अवस्थामा पनि यस्ता थुप्रै सनसनीपूर्ण र भ्रामक समाचारहरू प्रचारप्रसारमा आए। प्रमाणित नै नभएका घरेलु उपचार विधिहरू, नक्कली सरसल्लाह, षड्यन्त्र सिद्धान्तहरूबारे नक्कली समाचार फैलिन थाले। मार्च ७, २०२० मा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग सम्बन्धित कुनै पनि अफवाहलाई विश्वास नगर्न अपिलै गर्नु परेको थियो। त्यसैगरी प्रेस सूचना ब्युरोले मार्च २४ मा भारतमा लगाइएको आर्थिक आपत्कालसम्बन्धी समाचारहरू नक्कली रहेको तथ्य जाँचपछि बाहिर आएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकला खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन