२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने, यति लाग्नेछ शुल्क

२०७७, २७ असार शनिबार ०२:२३

असार २७, काठमाडौँ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो । 

उहाँका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं. २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल,  कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् । 

आफैँ कोभिड–१९ को नमूना परीक्षण गराउन रु पाँच हजार ५०० लाग्ने छ । ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउने छन् । यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन