२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलह किन्न पाँच लाख बजेट विनियोजन, समातेर ल्याउनेलाई प्रतिकेजी १०० दिने

२७ असार २०७७, शनिबार ०२:३०

असार २७, बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । 

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उहाँले भन्नुभयो, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रि«य सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।

विश्व महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उहाँले स्यानेटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।

कोरोना भाइरससँग नगर पौँठेजोरी खेलिरहेका बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गर्नुभएकोमा नगरप्रमुख रानाले धन्यवाद व्यक्त गर्नुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य