२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा कोरोना भाइरस संक्रमित ७८ लाख ७६ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

२०७७, ३१ असार बुधबार ११:२७

 असार ३१, (रासस/एएफपी) । विश्वमा कोरोना  भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् ।

बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८१ हजार ९६८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।  

हाल विश्वभरमा ५० लाख २८ हजार ७७५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ५९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३५ लाख ४८ हजार २१३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३९ हजार १६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ९३ हजार २४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८ हजार ३९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५४  हजार ६८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८९ हजार २४ जनाको मृत्यु भएको छ । 

युरोपमा २६ लाख ७ हजार ५२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ४८० को मृत्यु भएको छ । एसिया ३० लाख ८९ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७३ हजार ११० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ८०७ जनाको मृत्यु भएको छ ।  ओसियानामा १२ हजार १५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने