२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

२०७७, ३१ असार बुधबार १३:१८

असार ३१, हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले बुधबारको थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको हत्या गरेको अभियोगमा उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।  

यही असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेलापरेकी सुस्मिताको हत्यामा परिवारका ससुरा, सासु, नन्द, आमाजु र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

हत्यामा संलग्न रहेका आमाजु दर्गा थापा कार्कीको पति अरुण कार्की (ज्वाइँ) फरार रहेकाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । 

पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारागार तथा सासु तुलसा, नन्द सीता र आमाजु दुर्गालाई चितवनस्थित कारागारमा राखिने अदालतले जनाएको छ । 

मृतक सुस्मिता थापाको माइती पक्षले आफ्नो छोरीकै घरपरिवारले नै हत्या गरेको हो भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी असार १५ गते सार्वजनिक गरेको थियो ।

आफ्नै बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बीमाबापतको रकम पाउने भएका कारण ससुरा–सासुलगायतको नातेदारले उक्त रकम आफैँले खर्च गर्न पाउने उद्देश्यले बुहारीको नियोजित रुपमा हत्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन