2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सिरानचोक गाउँपालिकाको केन्द्र ‘चित्रेपोखरी’ तोकियो

असार ३१, गोरखा। सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी हुने भएको छ । बुधबार सम्पन्न भएको सिरानचोक गाउँपालिकाको छैठौँ गाउँसभाले चित्रेपोखरीलाई गाउँपालिकाको केन्द्र निर्धारण गरेको हो ।

गाउँसभाका दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि गाउँपालिकाको केन्द्र निर्धारण भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले साझा सवाललाई जानकारी दिए । । गाउँसभाका ४३ सदस्यमध्ये ३७ जनाले चित्रेपोखरीको पक्षमा मत जाहेर गरेका गुरुङले बताए । पाँच जना सदस्य उपस्थित रहेपनि मतदानमा सहभागी नभएको उनले बताए ।

गाउँपालिका केन्द्रका लागि स्थानीय जनताले ७० रोपनी जग्गा गाउँपालिकालाई दिने गरि कबुलियतनामा बुझाइसकेका अध्यक्ष गुरुङले जानकारी दिए ।

चित्रेपोखरीलाई केन्द्र बनाउनु पर्छ भन्नेमा नेकपाबाट विजयी गाउँसभाका सदस्यहरु बिमला गुरुङ र गंगा सुनारले प्रस्ताब गरेका थिए । सो प्रस्ताबमा गाउँपालिकाकी उपप्रमुख उपाध्यक्ष रीता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, वडा नं. ३ का अध्यक्ष वीरबहादुर थापा, वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नं. ६ का अध्यक्ष नारायण दानीले समर्थन जनाएका थिए ।

 यसअघि सिरानचोक गाउँपालिकाको अस्थायी केन्द्र छोप्राक मैदानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल