दान बहादुर बुढा | साउन ९, मुगु | मुगु जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाललाई कार्यालयको माथिल्लो तलामा रहेको आवास भित्रै छिरेर हातपात गर्ने एक माध्यामिक विद्यालयका प्रधाना ध्यापक माथि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन ९, मुगु | मुगु जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाललाई कार्यालयको माथिल्लो तलामा रहेको आवास भित्रै छिरेर हातपात गर्ने एक माध्यामिक विद्यालयका प्रधाना ध्यापक माथि"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

मुगुमा जिशिअ कुटने प्रअलाई सार्वजनिक मुद्दा

९ श्रावण २०७३, आईतवार १४:२०

दान बहादुर बुढा | साउन ९, मुगु | मुगु जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाललाई कार्यालयको माथिल्लो तलामा रहेको आवास भित्रै छिरेर हातपात गर्ने एक माध्यामिक विद्यालयका प्रधाना ध्यापक माथि आईतवार प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।

विद्यालयको बैक खाता विद्यालयका निमित्त प्रधानाध्यापक नन्दसिंह रोकायाको दस्तखत चल्ने गरि बैंक खाता परिवर्तन गरेको आवेगमा रारा राष्ट्रिय विद्यालय मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले शुक्रवार बेलुकी कार्यालय भित्रै छिरेर जिल्ला शिक्षा अधिकारीलाई हातपात गर्नुका साथै तोडफोड समेत गरे पछि प्रहरी नियन्त्रणमा रहेका शाही विरुद्ध आईतवार सार्वजनिक मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोम थापाले जानकारी दिए । मुद्दा दर्ता भए लगतै थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ ।

लामो समय देखि विद्यालयमा नगएर तलब खाएको, विद्यालयको आर्थिक हिनामिना गरेको, गाउँमा अनैतिक कृयाक्लाप गरेको भन्दै रारा राष्ट्रिय माध्यामिक मुर्माको विद्यालय व्यवस्थापन समित, मुर्मा गाउँका स्थानीय वासीले विहिवार जिल्ला शिक्षा कार्यालय पुगेका थिए । कार्यालय पुगे पछि कार्यालयले आवश्यक कुरा बुझेर विद्यालयका निमित्त प्रधानाध्यापक नन्दसिंह रोकायाको दस्तखत चल्ने गरि बैंक राष्ट्रिय बाणिज्य बैकमा रहेको विद्यालयको बैक खाता परिवर्तन गरि दिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार