४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, शौचायलय जान पालो कुरेर बस्नुपर्ने बाध्यता

६ श्रावण २०७७, मंगलवार ०७:३०

साउन ६,लमजुङ। लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् । 

विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरुष रहेका छन् । महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन् । सोहीमध्ये ३२ जना कैदी पुरुष र छ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरुष रहेको जिल्ला कारागारले जनाएको छ । 

कारागारका जेलर विष्णुप्रसाद पौडेलले भन्नुभयो, “यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानूनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कानूनी प्रावधानअनुसार कारागार ३५ जनाको लागि मात्रै उपयुक्त देखिन्छ । पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुजार्न निकै सास्ती भएको कैदीबन्दी बताउँछन् । 

गर्मीले सास्ती बनाउनुका साथै बर्खायाममा परेको यतिबेलाको वर्षाले कारागारको भित्ता रसाएर ओछ्यानमै छिर्ने गर्नाले समेत सुत्न निकै कठिनाइ भइरहेको करिब आठ वर्षदेखि कैद सजाय भोक्दै आएका मानबहादुर परियारले बताउनुभयो । त्यति मात्र नभई, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कति बेला भत्किएर ज्यान लिन्छ कि भन्ने क्रासै क्रासमा दिनरात बताउँदै आएको कैदीबन्दीको भनाइ छ । 

गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत हुने गरेको छ । धेरै जना कैदीबन्दी भएकाले शौचायलय जानलाई समेत पालो कुरेर बस्नुपर्ने त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको आठ वर्षदेखि कैद सजाय भोग्दै आएका जीतबहादुर अधिकारीको भनाइ छ । कोरोनाको महामारीको त्रासमा समेत सामाजिक दूरी कायम गरी सुत्न नपाएकाले कोरोना सङ्क्रमणको जोखिम रहेको कैदीबन्दीले बताएका छन् ।

सम्बन्धित निकायबाट यस कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर २०७४ सालमा माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ ।

विंस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेँसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको यस कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुन सकेको छैन । थप व्यवस्थित, कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुनुका साथै जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ