साउन ११, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै घटनामा एक बालिकासहित तीनजनाको मृत्यु

२०७३, ११ श्रावण मंगलवार ०२:२०

साउन ११, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ्नै खेतमा हलो जोतिरहेको अवस्थामा अचानक बेहोस भई लडेर मृत्यु भएको उनका परिवारजनले जनाएका छन् । 

यस्तै, मधुपट्टी गाविस–९ मा पनि खेतमा हलो जोतिरहेका ६० वर्षीय कृषक सकुन्तलाल चौधरीकोे बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

आफ्नै खेतमा हलो जोत्दाजोत्दै अचानक लडेर बेहोस भएका उनीहरु दुवैजनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बीचबाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, सप्तरीकै मधुपट्टी गाविस–९ मा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् । मृत्यु हुनेमा सोही ठाउँका सिबु साहकी १६ वर्षीया छोरी अन्जना साह रहेको प्रहरीले जनाएको छ । 

अन्जनाले सोमबार आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने