१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने

१६ श्रावण २०७७, शुक्रबार ०९:१७

साउन १६, जुम्ला । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्षको जात्रा सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने इतिहासिक चलन रहिआए पनि यो वर्ष कोरोना भाइरसका कारण जात्रा नहुने भएको उहाँले बताउनुभयो । शुक्ल प्रतिपदाका दिन शुरु भई कृष्णजन्मअष्टमी गरेर आठ दिनसम्म मनाउने कर्णालीकै इतिहासिक चलन यो कोरोना भाइरसका कारण तोडिने भएको छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहिआएको थियो ।  

लिच्छ विकालमा मल्ल राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने चलन रही आएको थियो ।

सिंजामा पनि जात्रा नलाग्ने 

खस भाषाको उद्गम स्थल सिंजाको कनकासुन्दरीमा पनि यो वर्ष जात्रा नलाग्ने भएको छ । कनकासुन्दरी गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलन सम्भावना भए पनि जात्रा नलाग्ने भएको हो । गाउँपालिका अध्यक्ष नरविर रावतका अनुसार कोरोना भाइरसको प्रकोप बढ्दो अवस्थामा भएकाले यस क्षेत्रमा जात्रा, पैठ कुनै पनि मेलापर्व नहुने सबै नागरिकलाई सूचित गरिएको छ । उहाँले भन्नुभयो, “जारी सूचना तथा आदेशको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम सजाय गरिने छ ।”

मास्क नलगाएर हिँड्ने कारवाहीमा 

बिहीबार सबै नागरिकलाई मास्क बिना बाहिर हिँडडुल नगर्न अनुरोध गरेपनि शुक्रबार मास्क प्रयोग नगर्ने २२ जनालाई कारवाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “केही बालबालिका थिए । उनीहरुलाई मास्कसहित सम्झाएर पठाएको छौँ भने अन्य व्यक्तिलाई रु १०० जरिवाना दिएर कारवाही गरेका छौँ ।”मास्क प्रयोग नगर्ने जो सुकै व्यक्तिलाई कारवाही गरिनेछ । कारवाही गर्नुभन्दा पहिला माक्ससहित उपलब्ध गराएर सम्झाएका छौँ । सम्झाउँदासम्झाउँदै पनि मास्क नलगाउने र सामाजिक दूरी कायम नगरी भीडभाड गर्नेलाई कारवाही गर्ने गरिएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने