साउन ११, झापा । खड्ग ताम्लिङ लिम्बू फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन् । शालिन स्वभावका ताम्लिङ सबैसँग चाँडै घुलमिल हुन सक्छन् । 

फास्ट ट्रयाकले अब्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, झापा । खड्ग ताम्लिङ लिम्बू फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन् । शालिन स्वभावका ताम्लिङ सबैसँग चाँडै घुलमिल हुन सक्छन् । 

फास्ट ट्रयाकले अब्र"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विद्यार्थीलाई जापान पठाएर चिनिएको फास्ट ट्रयाक

११ श्रावण २०७३, मंगलवार ०२:५२

साउन ११, झापा । खड्ग ताम्लिङ लिम्बू फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन् । शालिन स्वभावका ताम्लिङ सबैसँग चाँडै घुलमिल हुन सक्छन् । 

फास्ट ट्रयाकले अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई उचित परामर्श दिन्छ । फास्ट ट्रयाक ख्यातिप्राप्त संस्था हो । नेपालमा फास्ट ट्रयाकको बेग्लै छाप छ । त्यो छापलाई अलिकति पनि धमिलिन दिँदैनन् ताम्लिङ । विश्वका जुन कुनामा पुगेपनि उनी फास्ट ट्रयाककै लागि काम गरिरहेका हुन्छन् । चाहे त्यो अनलाइनबाट होस् या टेलिफोनबाट । । यति भनौँ, शैक्षिक कन्सल्टेन्सीको क्षेत्रमा खड्ग ताम्लिङ लिम्बूको नाम परिचित छ । 

अब्रोड स्टडीका लागि नेपाली विद्यार्थीलाई जापानको कलेजमा भर्ना गर्न सहयोगी पुलको काम गर्ने भरपर्दो कन्सल्टेन्सी हो फास्ट ट्रयाक एजुकेशन । काठमाडौँको बागबजारमा केन्द्रीय कार्यालय छ फास्ट ट्रयाकको । शाखाहरु चाबहिल, पोखरा, बुटवल र बिर्तामोडमा । 

बिर्तामोडका सामाजिक व्यक्तित्व एवम् उर्जाशील युवा राजकुमार कार्कीले फास्ट ट्रयाकको बिर्तामोड शाखा हाँकिरहेका छन् । सुरुमा अन्य देशका लागिसमेत काम गरेपनि पछिल्लो समय फास्ट ट्रयाकले अब्रोड स्टडीका लागि विद्यार्थीलाई जापान मात्रै पठाउँदै आएको प्रवन्ध निर्देशक ताम्लिङ बताउँछन् । भन्छन्, ‘स्पेसियलाइज हुनका लागि हामीले जापान मात्र पठाउने गरेका हौँ, अब त फास्ट ट्रयाक भन्ने बित्तिकै जापानकै लागि हो भन्ने बुझ्न थालिसके प्रायःले ।’ तर, कम्पनी रजिटारको कार्यालयमा भने अन्य देशका लागि समेत काउन्सिलिङ गर्ने उद्देश्यसहित दर्ता भएको छ, फास्ट ट्रयाक । 

पढ्न र बस्नका लागि जापानको हावापानी राम्रो रहेको ताम्लिङ बताउँछन् । ताम्लिङका अनुसार जापान सुरक्षित ठाउँ हो । ‘त्यहाँको डिग्री वल्र्ड रिकोग्नाइज्ड हुन्छ, पढ्नका लागि उचित गन्तब्य हो जापान,’ उनी भन्छन्, ‘फाइनान्सियल रुपमा पनि बढी पर्दैन, कागजपत्रमा पनि सहज छ ।’ भविष्य सुरक्षित भएकाले नै जापान जानेको सङ्ख्या बढ्न थालेको ताम्लिङ बताउँछन् । 

प्रवन्ध निर्देशक ताम्लिङ यतिबेला फास्ट ट्रयाकका सब्र शाखामा पालैपालो जाँदैछन् । बेलाबेला उनी विदेश पनि घुमिरहन्छन् । केही दिन अघि उनी बिर्तामोडको कार्यालयमा आए । उनले भने, ‘बिर्तामोड अफिसमा पनि राम्रै एड्मिसन भएको पाएँ, विद्यार्थी बढ्दैछन यहाँ पनि ।’ ताम्लिङले भनेजस्तै फास्ट ट्रयाकको बिर्तामोड अफिसले तीव्र गतिमा प्रगति गरिरहेको छ । बिर्तामोड शाखा प्रमुख कार्की बिहान सबेरैदेखि राति अवेरसम्मै भेटिन्छन् कार्यालयमा । शाखा प्रमुख कार्कीको कुरा गर्ने शैली पनि भिन्न छ । उनी कोहीसँग रिसाउँदैनन् । हाँसेर बोल्छन् । सबैमाझ परिचित छन् । 

प्रवन्ध निर्देशक ताम्लिङ बिर्तामोडकै बासिन्दा हुन् । हाल भने उनी राजधानीमा बसोबास गर्दै आएका छन् । शाखा प्रमुख कार्की पनि यहीँका बासिन्दा भएकाले काम गर्न सहज भएको ताम्लिङ बताउँछन् । ताम्लिङ भन्छन्, ‘राजकुमार ट्यालेन्ट मान्छे हो, आफ्नै ठाउँमा भएर होला उहाँले राम्रो गरिरहनुभएको छ, शाखाको भविष्य सुन्दर छ ।’

फास्ट ट्रयाकका प्रवन्ध निर्देशक ताम्लिङले शैक्षिक कन्सल्टेन्सीबारे थुप्रै कुरा गर्न भ्याए । फास्ट ट्रयाक विश्वसनीय र इमान्दार कन्सल्टेन्सी रहेको उनको दावी छ । झापामा पनि कन्सल्टेन्सी च्याउ उम्रेसरी खुलेका छन् । विदेशमा अध्ययन गर्न चाहनेको सङ्ख्या उस्तै छ । समयको माग अनुसार नै कन्सल्टेन्सीको सङ्ख्या बढेको हुनसक्ने ताम्लिङ बताउँछन् । उनी भन्छन्, ‘विदेश नै गए पढौँ भन्नेहरु बढ्दो छन्, आवश्यकता महसुस गरेरै हुनुपर्छ २०१५÷१६ बाट कन्सल्टेन्सी बढेको ।’ तर, केही कन्सल्टेन्सीले अस्वस्थ प्रतिस्पर्धा गरेकोमा भने उनी असन्तुष्ट छन् । भन्छन्, ‘विद्यार्थीको मर्म बुझेर खुलेका कन्सल्टेन्सीले स्वस्थ प्रतिस्पर्धा मात्र गर्छन् ।’

फास्ट ट्रयाक सञ्चालनमा आएको १० वर्ष भयो । यसबीचमा धेरै उतारचढाव आएको बताउँछन् ताम्लिङ । आफूहरुले विद्यार्थीलाई सहि परामर्श दिएर जापान पठाउँदै आएकाले अस्वस्थ प्रतिस्पर्धा गर्नेसँग डर छैन भन्छन् ताम्लिङ । भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धा गर्नेहरु बिस्तारै आफैँ पछि पर्छन् ।’ फास्ट ट्रयाक ब्राण्डेड कम्पनी हो । यसले शिक्षा मन्त्रालयबाट अनुमति लिएको छ । विद्यार्थीको भिसा नलागेसम्म पैसा लिँदैन फास्ट ट्रयाकले । अभिभावकले पनि फास्ट ट्रयाकलाई पूर्ण रुपमा विश्वास गरेका छन् । अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई फास्ट ट्रयाकमा आउन आग्रह गर्छन्, प्रवन्ध निर्देशक ताम्लिङ । सन् २००७ मा स्थापना भएको फास्ट ट्रयाकले हजारौँ विद्यार्थीलाई अब्रोड स्टडीका लागि जापान पठाइसकेको छ । फास्ट ट्रयाकले आइइएलटीएस, ल्याङग्वेज र तयारी कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने