२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल

२०७७, १८ श्रावण आईतवार ०७:१३

मेनका चौधरी । साउन १८, बाँके। नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ । यस निकुञ्जमा करिब १०० पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यसअघिको पाटे बाघ गणनामा बाघको सङ्ख्या ८७ रहेको थियो ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले पाटे बाघ संरक्षण गरिरहेको छ । निकुञ्जले अहिले बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिएको छ । बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न कार्ययोजनाअनुसार काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । 

त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या २१ पुगेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाल, भारत, बङ्गलादेश र भूटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्योन्मुख छन् । चीन, लाओस, म्यान्मा, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । अहिले विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ । 

सन् २०१० मा रुसमा भएको बाघ पाइने देशहरुको अन्तरराष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार नेपालले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या २५० पु¥याउनु पर्नेछ । सन् २०१० मा नेपालमा १२१ वटा बाघ रहेकामा अहिले २३५ वटा पुगेको बर्दिया राष्ट्रिय निकुञ्ज  संरक्षण प्रमुख बरालले जानकारी दिनुभयो । 

अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेका कारण मानव र पाटे बाघबीच द्वन्द्व बढिरहेका बेलामा बर्दियामा बाघको आक्रमणबाट धेरै मान्छेको मृत्युसमेत भएको बरालको भनाइ छ । बर्दियामा बाघको आहारा र बासस्थानको उचित व्यवस्थापन एवं चोरी सिकार नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको निकुञ्जका अधिकृतहरुले बताउनुभएको छ ।

बरालका अनुसार नेपालमा वयस्क बाघबाहेक उल्लेख्यरूपमा डमरु पनि रहेको र अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्नसक्ने बताउनुभयो । नेपालमा सन् २०१८ मा गरिएको एउटा गणनामा लगभग २३५ वटा बाघ रहेको पाइएको थियो । सन् २००९ मा गरिएको गणनाले नेपालमा १२१ वटा बाघ रहेको आकलन गरेको थियो । यो उल्लेख्य सफलता पछिल्लो वर्षमा बाघको सङ्ख्या तेब्बरसम्म बढ्नसक्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृतहरुको भनाइ छ । 

बर्दिया निकुञ्जका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा करिब ५० वटा बाघ रहेकामा सन् २०१८ मा बढेर ८७ पुगेको थियो । पछिल्लो तीन वर्षमा चोरी शिकार शून्य रहेकाले बाघको सङ्ख्या उलेख्यरुपमा बढेका कारण उहाँले मानव र बाघबीच द्वन्द्व हुने खतरा रहेको छ । उहाँका अनुसार बाघको आहारा प्रजातिका जनाबरमध्ये चित्तल, चौका र बँदेलको सङ्ख्या पनि वृद्धि भएको छ ।

बरालले भन्नुभयो, “चोरी सिकारी शून्य छ र आहारा प्रजातिका जनावर प्रशस्त छन् । बासस्थानको व्यवस्थापन पनि राम्रो भइरहेकाले बाघको सङ्ख्या वृद्धि हुँदै गएको हो ।” निकुञ्ज आसपासमा वयस्क बाघसँगै डमरु पनि थुप्रै देखिन थालेका छन् । पानीका लागि बर्दिया निकुञ्जमा १०० भन्दा बढी पोखरी निर्माण गरिएको निकुञ्जले जनाएको छ । 

नेपालमा बाघको सङ्ख्या कूल २३५ रहेकामध्ये ९३ चितवन राष्ट्रिय निकुञ्ज, ८७ बर्दिया राष्ट्रिय निकुञ्ज, २१ बाँके राष्ट्रिय निकुञ्ज, १८ वटा पर्सा राष्ट्रिय निकुञ्ज र १६ वटा शुक्लाफाँटामा रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा चार मात्र बाघ रहेकामा सन् २०१८ मा यो सङ्ख्या बढेर २१ पुगेको थियो । सन् २०१८ मै लक्ष्य पूरा गरिसकेकाले अब गणना गर्दा तेब्बरभन्दा बढी सङ्ख्यामा वृद्धि हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । सन् २०१८ मा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँच वटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिएको थियो ।

 नेपालमा सबैभन्दा बढी सङ्ख्यामा बाघ चितवनमा पाइने भए पनि सङ्ख्या वृद्धिको दर हेर्दा बाँके र बर्दिया अगाडि रहेका छन् । भट्टराईले भन्नुभयो, “निकुञ्जको क्षेत्रफल र आहारविहारको राम्रो व्यवस्थापनले सङ्ख्या वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।” उहाँले भन्नुभयो, “पश्चिम नेपालका निकुञ्जमा भालेभन्दा पोथी बाघको सङ्ख्या बढी नै छ, त्यस कारण पनि बाघको सङ्ख्या बढेको हो ।” 

निकुञ्जले संरक्षणका लागि पहल कदमी चालिएका बेला यो कदम उत्तम भएको छ यसअघि निकुञ्जमा बाघलगायत वन्यजन्तुका लागि खानेपानीको सबैभन्दा बढी समस्या बाँकेमा थियो । पानीका कारण वन्यजन्तु कर्णाली, बबई तथा राप्ती नदी किनारमा जाने गर्थे । गत आर्थिक वर्षमा मात्रै बाँके राष्ट्रिय निकुञ्जका ५२ जनावरको मृत्यु सडक दुर्घटनाका कारण भएको निकुञ्जले जनाएको छ । पानीको खोजमा निस्कँदा हुने जोखिम कम गर्न निकुञ्जमा झण्डै १०० वटा पोखरी बनाइएको छ । त्यसबाहेक बाघको आहारा प्रजातिका लागि दुवै निकुञ्जमा घाँसे मैदान निर्माण गरिएको अधिकारीले बताएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला