कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ क"/>
कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ क"/>
साउन ११, लहान । कमला नदीको बाढीमा बगेर मृत्यु भएका एक जनाको शव सिरहा प्रहरीले फेला पारेको छ ।
कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा सोमबार साँझ फेला पारेको हो ।
साउने सोमबारको अवसरमा मेला भर्न आइतबार साँझ सिरहाको उत्तरायणी जाने बेलामा योगीसहित महोत्तरीका चारजना युवा धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदीमा बगेका थिए । अन्य तीनजना भने वेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ ।
बगेका मध्ये योगीको शव कमला नदीको भंगालोमा सिराहा तर्फ फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको बताइएको छ । रासस