२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका स्थानीय तह हाटबजार बन्द गर्दै

२२ श्रावण २०७७, बिहीबार ०७:५०

महोत्तरी, २२ साउन (रासस) । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा (कफ्र्यू)ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् । 

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गर्नुभएको हो । यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका–१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन् ।

बर्दिवास  नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभयो । नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन् । 

भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन् । भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ । “बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो”, नगरप्रमुख साहले भन्नुभयो, “सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ ।” भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन् । भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य  सङ्घ र बर्दिवास–१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताउनुभयो । 

बर्दिवास मुख्य व्यापारिक कारोवारको नाका भएको हुँदा सीमा क्षेत्रसम्मका व्यापारीको बाक्लो आउजाउ बढ्दै जाँदा सङ्क्रमणको जोखिम बढेको सङ्घका प्रतिनिधि र तीनवटै वडाका अध्यक्षको भनाइ छ । यस कार्यमा सहजीकरण र आवश्यक सहयोगका लागि इलाका प्रशासन कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवाससँग लिखितरूपमै अनुरोध गरिएको बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताउनुभयो । बर्दिवास–१ का १५० वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएपछि यहाँ सङ्क्रमण जोखिम बढ्न नदिन एक साता बाहिर ननिस्केर घरघरै बस्न अपिल गरिएको बर्दिवास–१४ का वडाध्यक्ष भरत हमालको भनाइ छ ।

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि जिल्ला सदरमुकाम जलेश्वर नगर र महोत्तरी गाउँपालिकाको वडा नं ३ र ५ मा जिल्ला प्रशासन कार्यालयले गत सोमबारदेखि नै निषेधाज्ञा जारी गरेको छ । पहिलोपटक दुई दिनका लागि घोषणा गरिएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय महोत्तरीले अब साउन २५ गतेसम्म कायम रहने  जनाएको छ । यसैगरी भीडभाड हुन नदिन, अनावश्यक आउजाउ रोक्न र जोखिम रोकथामका लागि गरिएका स्थानीय तह र उद्योग वाणिज्य सङ्घका प्रयत्नमा स्थानीय प्रशासनको साथ रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभएको छ ।

महोत्तरीमा  हालसम्म ८५२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना बुधबार नै पुष्टि भएका प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । साउन ७ गते लकडाउन हटेयता नै जिल्लामा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि १०१ पुगेको छ । महोत्तरी प्रदेश नं २ का आठ जिल्लामा रौतहटपछि सबैभन्दा बढी सङ्क्रमणले गाँजेको जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध