२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

घुम्ती स्वाब सङ्कलन साधन तयार हुँदै

२०७७, २३ श्रावण शुक्रबार ०५:०७

सुभानु आचार्य । साउन २३, ललितपुर । नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई घुम्ती स्वाब सङ्कलन साधन निर्माण गरिदिन आग्रह गरेको छ । कोरोना सङ्क्रमितलाई सुरक्षित बोक्न प्रहरीले नाष्टलाई सो आग्रह गरेको हो ।

कोरोना सङ्क्रमण नफैलिने प्रविधि एक भ्यान र दुई एम्बुलेन्समा जडान गर्न प्रहरीलाई सहयोग गर्ने नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीबाट भ्यानमा रहेका कोरोना प्रभावित र यसमा बस्ने मानिसबीचको जोखिम  हुननदिन प्रविधि जडान गरिदिन आग्रह आएको छ ।” नाष्टले यसमा लाग्ने आर्थिक लगानी, उपकरण र जनशक्तिबारे जानकारीसमेत गराइसकेको जनाएको छ ।

प्रहरीले नाष्टलाई केही दिनअघि यसका लागि अनुसन्धान गरिदिनसमेत अनुरोध गरेको थियो । नाष्टले  सवारी साधनमा कोरोनाको जोखिम हटाउन प्रयोग गरिने हरेक चिजको आकलन गरी पठाइसकेको छ । यसअघि नाष्टले यही साउन १३ गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा मोबाइल स्वाब कलेक्सन भेइकल निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकलको प्रयोग हाल विभिन्न सरकारी निकायमा कोरोना परीक्षण गर्न प्रयोग भइरहेको छ ।

मुलुकमा कोरोना महामारी बढेसँगै गत चैत ११ गतेदेखि भएको बन्दाबन्दीमा नाष्टले कोरोनाबाट जोगिने नौवटा प्रविधि विकास गरेको बताइएको छ । यी प्रविधिमा हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस् भनी दुईवटा ‘हयान्ड वास स्टेशन’, खुट्टाले थिची हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वाड’, रगत झिक्नुपरेमा अपनाउने सुरक्षाका लागि ‘बल्ड कलेक्सन क्लिनिक’, रगत झिक्ने व्यक्तिमा सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’ निर्माण गरिसकेको छ । यस प्रविधिले आफँै स्पे्र गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोना सङ्क्रमण सर्नसक्ने आकलन गरेसँगै हरेक मानिसले उच्च तवरको मास्क लगाउनुपर्ने नाष्टले महसुस गरी धुन मिल्ने ‘एन–९५ का साथै एन–९९ इकुभ्यालेन्ट नेपाल मेड’ मास्क बनाएर परीक्षण गरिरहेको प्र्रविधि सङ्काय प्रमुख डा रवीन्द्र ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ १२ प्रकारका मास्क बनाएर परिक्षण गरिरहेका छाँै ।” परीक्षणमा गर्दा यी मास्क सुरक्षित सावित भएमा रु १०० देखि २०० सम्म बजारमा दिन सकिन्छ । यसैगरी नाष्टले हाल बजारमा पाउने १०० वटा मास्क सङ्कलन गरी यसको प्रभावकारिताबारे अनुसन्धान पनि गरिरहेको जनाएको छ ।  

नाष्टले कोरोना सङ्क्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस् भनी ‘नेगेटिभ प्रेसर स्टक्चर हुड’ निर्माण गरिसकेको छ । यस हुडले कोभिड प्रभावितलाई छोपेपछि यसबाट सङ्क्रमण बाहिर जाँदैन । अर्काेतर्फ हाल कोरोनाका कारण शहरका घरमा खुम्चिएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन नाष्टले ‘कौशी करेसाबारी’ परियोजनाअन्तर्गत ‘हाइड्रोपोनिक सिस्टम’ अर्थात् माटोबिना कौशीमा तरकारी खेती गर्ने प्रविधिको अनुसन्धानसमेत गरिरहेको छ । यस प्रविधिअन्तर्गत पानी, केमिकल, सफा ग्राभेलको सहयोगमा कौशीखेती गर्न सकिने नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम