साउन ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षाका सम्बन्धमा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट पारेको छ । 

व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षाका सम्बन्धमा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट पारेको छ । 

व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन स"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राज्ञिक स्वतन्त्रताप्रति आयोग सजग छ – अदुअआ

११ श्रावण २०७३, मंगलवार ०६:५४

साउन ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षाका सम्बन्धमा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट पारेको छ । 

व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन समितिको आजको बैठकमा आयोगका सचिव शान्तराज सुवेदीले भन्नुभयो – “संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर हस्तक्षेप गरिएको छैन, अनुसन्धानको सीमा ननाघेको स्पष्ट गर्न चाहन्छु ।” 

सक्षम, योग्य र जेहेन्दार विद्यार्थीको प्रतिस्पर्धाका आधारमा चिकित्साशास्त्रमा अध्ययन गर्न पाउने अधिकार हनन हुन लागेको भनी परेको उजुरीलाई चुप लागेर मूकदर्शक भएर हेरेर बस्ने कुरा नहुने उहाँले बताउनुभयो । 

विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताप्रति आयोग सदैव सजग र गम्भीर रहेको बताउँदै सचिव सुवेदीले परीक्षामा अनियमितता गरिएको भनी पटक पटक उजुरी आएपछि संवैधानिक कर्तव्य र दायित्व अनुरुप सत्य तथ्य पत्ता लगाउन ‘वाच डग’को भूमिका निर्वाह गरेका हौँ भन्नुभयो । 

विश्वविद्यालयका पदाधिकारीसँगको समझदारीमा त्यसको स्वायत्ततालाई ख्याल राख्दै बाहिरी तहमा रहेर प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनको अनुगमन निरीक्षण गरिएको स्विकार्दै आयोगले यसमा प्रत्यक्ष हस्तक्षेप र संलग्नता नरहेको जनाएको छ । 

एमडी, एमएस र एमबिबिएस परीक्षामा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका विषयमा आयोगबाट हस्तक्षेप भएको भन्ने समाचार बाहिर आएसँगै समितिले विश्वविद्यालयका पदाधिकारी र आयोगसँग जानकारी माग गरेको हो । 

विश्वविद्यालयले अघिल्लो वर्ष सञ्चालन गरेको चिकित्साशास्त्र सङ्कायको परीक्षामा समेत अनियमितता र धाँधली भएको गुनासो आएपछि आयोगले नेपाल मेडिकल काउन्सिललाई छानबिन गर्न निर्देशन दिएको थियो । 

काउन्सिलले दिएको छानबिन प्रतिवेदनमा भर्नाका लागि सञ्चालन गर्ने प्रवेश परीक्षाको प्रक्रिया, निर्णयकापी तथा अभिलेख नराखिएको, क्रम सङ्ख्यानुसारको ‘सिट प्लानिङ’ नगरिएको तथा नियम विपरीतका व्यक्तिलाई परीक्षामा खटाइएको भनी परीक्षा प्रणालीमा सुधारको आवश्यकता औँल्याइएको छ । 

परीक्षालाई वैज्ञानिक र विश्वसनीय बनाउनु पर्ने आवश्यकतामा जोड दिँदै आयोगले मेधावी विद्यार्थीको भविष्यमाथि हुन सक्ने खेलबाड र परीक्षा प्रणालीमा अनियमितताको आशङ्कासहितको उजुरीका आधारमा बाहिरी घेरामा रहेर अनुसन्धान गरेको हो । 

उजुरीमा आफ्ना मान्छेलाई उत्तीर्ण गराउन एउटै लहरमा राखेर सहयोग पु¥याउने तथा सिट प्लानिङ गर्दा नै अत्यन्त धाँधली गर्ने गरिएको जनाउँदै त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको आयोगले जनाएको छ । 

बैठकमा सदस्यहरुले विश्वविद्यालयमा आन्तरिक द्वन्द्व मिलाउन नसकेका कारण परीक्षाको नाम जोडिएर विषयवस्तु छताछुल्ल भएको हुन सक्ने आशङ्का गर्नुभयो । उहाँहरुले भन्नुभयो – “जनताले निकै आशा र भरोसा गरेको बलियो संस्थाका रुपमा रहेको आयोगलाई कमजोर तुल्याउने र उसले प्राप्त गरेको अधिकारलाई खोस्ने नियतका साथ घटनालाई उचाल्ने काम भएको छ । 

केही सदस्यले भने लोकतन्त्रको सौन्दर्य भनेको कानुनी शासन, विधि र प्रक्रिया हुन् भन्दै बेनामी एउटा उजुरीका आधारमा आयोग जस्तो संवैधानिक अङ्गको पछि दगुर्न नहुने तर्क प्रस्तुत गर्नुभएको थियो । 

समितिले काठमाडाँ विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायबाट सञ्चालन हुने परीक्षामा आयोगको संलग्नता बारेमा प्रमुख आयुक्त लोकमानसिंह कार्की सहितका पदाधिकारीलाई जानकारी लिन आजको बैठकमा आमन्त्रण गरेको थियो । 

प्रमुख आयुक्त कार्कीले आफूलाई घाँटीमा अचानक सङ्क्रमण भई बोल्न समस्या भएको तथा चिकित्सकले एक साताका लागि एन्टियोबायोटिक औषधि दिएकाले काबुबाहिरको परिस्थितिका कारण उपस्थित हुन नसक्ने भनी सचिव सुवेदीले समितिलाई जानकारी दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला