२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा पहिरोले ५ को मृत्यु, ११ जना बेपत्ता

२०७३, ११ श्रावण मंगलवार ११:३२

सलिम अन्सारी/साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षा पछि गएको बाढी पहिरोले जिल्लाको जनजिवन  पुर्ण रुपमा प्रभावित भएको छ ।जिल्लाका विभिन्न स्थानमा दुई सय बढी परिवार बिस्थापित भएका छन ।

जिल्लाको पुजामा पहिरोबाट आमाछोराको मृत्यु भएको छ।पुजा गाविस वार्ड नम्बर १ निबासी  ३५ बर्षिया सुपारी मल्ल र उनका १३ बर्षिया छोरा मुकेश मल्लको मृत्यु भएको हो।त्यस्तै लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षिया शृमति शोभा रिजाल बेपत्ता भएको खबर छ ।  

बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिएको छ।स्थानिय बसन्ता केसिको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार,११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन् ।

खबाङ गाबिस वार्ड नम्बर ३ सुत्लाबाङमा दबिले बिकको घर पहिरोले पुरिदा उनकी पत्नी  ८० बर्षिया कुट्ली बिक र १६ बर्षिया दिपेश सुनार गरि ३ जना बेपत्ता भएका छन।त्यस्तै अर्खा ६ मा देव बहादुर बुढा सहित ३ जना बेपत्ता भएका छन ।

धोज बहादुर पुनको २८ बर्षिया छोरी पबित्रालाइ भने सकुसल उद्धार गरिएको छ । जिल्ला प्रहरिका अनुसार पहिरोमा पुरिएर  ११  जना बेपत्ता भएका हुन । यो समाचार तयार पार्दासम्म  झिमरुक नदि किनारमा फेला परेका ३ वटा मृत शबलाइ जिल्ला अस्पताल बिजुवारमा राखिएको छ। शबको अझै सनाखत हुन सकेको छैन । जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन् ।


बाढी पहिरोले बिनासै बिनास

भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा  ठुलो क्षती पुर्याएको छ ।बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन् । प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन् । स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गर्यो ।

स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए । स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ । पहिरोका कारण अर्खा गाविस वडा नं. ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । 

फोप्ली गाबिस वार्ड नमबर ५ गतिलामा करिब ४ दर्जन घर पहिरोको जोखिममा परेपछी स्थानियहरु घर छाडेर स्थानिय बिधालयमा आश्रय लिइ बसेका छन।पहिरोले फोप्लि ७ बासकोटको पुरै गाउँ बिस्थापितको खतरामा रहेको स्थानिय नारायण रसाइलिले जानकारि दिए ।  

बाढिले बरौलामा हालै निर्माण गरिएको प्युठान अर्घाखांची जोड्ने चुकाखोलाको पक्की पुलको रेलिङमा  क्षती पुर्याएको स्थानिय पुष्पा जिसिले बताए।बाढी र पहिरोले उत्तरी प्युठानका रजवारा, अर्खा,खबाङ,पुजा, फोप्लि,लुङ लगायतका गाबिस बढी प्रभावित भएका छन ।

जोखिम क्षेत्रमा उद्धारका लागि  सुरक्षाकर्मी परिचालन  गरिएको  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।उनले पहिरोले जिल्लामा धनजनको नोक्सानी भएको भन्दै सुरक्षा निकायको बैठक बसि जनशक्ती खटाइएको जानकारि दिए। त्यसै गरि ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोकोउच्च जोखिममा छ ।

५ बर्ष अघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको हो । 

उक्त सेफ्टी ट्याङ्किबाट बजारका झन्डै १ सय ५० घरधुरिले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्याबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए । पहिरोको खतरा बढेपछी खबाङ गाउंका १९ परिवार रातभर सामुदायिक बनको भवनमा आश्रय लिइ बसेको स्थानियले बताए।आफुहरुलाइ उद्धार गरिदिन स्थानियले आग्रह गरेका छन ।

जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन् । बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् । झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए ।

अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ ।

 सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।

जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने