२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा भेटियोे लोभीपापी

२०७७, ३१ श्रावण शनिबार १२:१९

 साउन ३१, जाजरकोट । विश्वमा लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजीकै फेला परेको छ ।

भेरी नगरपालिका–१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यस वर्ष ११ वटा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पक्षी तथा नेपाल पक्षी संरक्षण सङ्घको आजीवन सदस्य गोविन्द सिंहले जानकारी दिनुभयो । 

धल्दा, कालेगाउँ नजीकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाइएको अधिकृत सिंहले जानकारी दिनुभयो । यसअघि सुर्खेतमा पनि १०  वटा सो प्रजातिका गरुड भेटिएका थिए ।

जैविक विविधता राम्रो भएको जाजरकोटमा  विश्वमा  दुर्लभ जनावर रेडपान्डा तथा दुर्लभ पक्षी  चिरकालीज, सुन गिद्ध र  सेतो गिद्धको बास रहेको पाइएको  सिंहले बताउनुभयो । 

बारेकोट र कुशे गाउँपालिका तथा भेरी र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पक्षीको बासस्थान भए पनि यहाँको जङ्गल क्षेत्र मासिँदै गएकाले दुर्लभ जनावर तथा पक्षी लोप हुँदै गएको उहाँको भनाइ छ ।

विसं २०७० देखि पक्षी तथा  वन्यजन्तुको एकल संरक्षण अभियानमा जुटेका सिंहले १२ वन्यजन्तु, २७  पक्षी र छ गिद्धको उद्धार गरी व्यक्तिगत खर्चमा उपचार गरेर जङ्गलमै लिएर छाडिसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन