साउन ११, काठमाडौँ । अविरल वर्षा र बाढि  पहिरोले बाग्लुङ्ग, गुल्मी , पर्वत,  स्याङ्गजा , अर्घाखाँची र प्युठान जिल्लामा ठुलो ज्युधनको क्षति भएको छ । 

हाल गए राती दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । अविरल वर्षा र बाढि  पहिरोले बाग्लुङ्ग, गुल्मी , पर्वत,  स्याङ्गजा , अर्घाखाँची र प्युठान जिल्लामा ठुलो ज्युधनको क्षति भएको छ । 

हाल गए राती दे"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी पहिरोबाट २१ को मृत्यु कैयौ बेपत्ता

११ श्रावण २०७३, मंगलवार ११:५५

साउन ११, काठमाडौँ । अविरल वर्षा र बाढि  पहिरोले बाग्लुङ्ग, गुल्मी , पर्वत,  स्याङ्गजा , अर्घाखाँची र प्युठान जिल्लामा ठुलो ज्युधनको क्षति भएको छ । 

हाल गए राती देखि  अहिले सम्म गुल्मीमा एक जना वेवरिसे पुरुष रहस्यम रुपमा खोलामा मृत फेला सहित ६ जना मृत फेला परेका छन भने ३ जना घाईते भएका छन् । जिल्लाको  १ नम्वर क्षेत्रको भुर्तुङ्ग र विशुखर्कमा एक घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने त्यस क्षेत्रका दर्जनौ घर परिवार विस्थापित भएका छन् ।

क्षेत्र नम्वर २ को रिडी, गौडाकोट खज्र्याङ्ग  र वडागाउँ गाविस अविरल वर्षाबाट नराम्री प्रभावित भएका छन् । गौडाकोट ७ कि पवित्रा थापा, यानीकला थापा र तुल्सा सुवेदी ढिस्कोले च्याँपेर घाईते भएका छन् । उनिहरुको गोठ पहिरोले बगाएको छ ।   खज्र्याङ्ग फाँट डुवानमा परेको  र कैयौं घरहरु उच्च जोखिममा रहेको हाम्रा प्रतिनिधी रामचन्द्र कँडेलले जानकारी दिए ।  

उनका अनुसार खज्र्याङ्ग खोलाले त्यहाँको १५ रोपन खेत डुवानमा परेको छ । 

खज्र्याङ्गका ध्रुर्व कँडेलको घर पहिरोले उच्च जोखिमा पारेको छ । पहिरोले अमरअर्वाथोक गौरी पोखरा सडक खण्ड अवरुद्ध पारेको छ । खज्र्याङ्ग निर्माणधिन पुल ठेकेदारले काममा ढिला सुस्ती गर्दा  गरिएको थोरै काम पनि पहिरोले क्षति ग्रस्त बनाई दिएको छ ।

उता बडागाउँ ६ को जलुके भन्ने गाउँमा चारैतिरबाट आएको पहिरोले दर्जनौ घरहरु उच्च जोखिममा रहेको सहकर्मी अशोक सोमैले जानकारी दिए ।  भुवाचिदीका समाज सेवी ज्ञानु सापकोटाका अनुसार भुवाचिदी वजारको त्रिभुवन राष्ट्रिय उच्च मावि भित्रै बडिघाट खोलाको वहाव पसेको छ । त्यहाँको पुल बगाएर लैजाने खतरा बढेको छ ।  गुल्मीको अरेवा र वाग्लुङ्गको ग्लाीचौर जोड्ने वालुवा वजारको पुल पनि बगाएको छ । बडागाउँको झेदीमा रहेको पौवा पनि बढिघाट खोलाले बगाएको छ ।

झेदीबाट अजुर्न केसीले दिएको जानकारी अनुसार झेदीको पुलको ओल्लोभाग खोलाले बगाउनै आँटेको छ ।  मुसिकोट वामी टक्सार जोड्ने सुदिको पुल पनि खोलाले बगाएको छ । चोरकाटे वजार पुर्ण रुपले डुवानमा परेको छ । केहि टहरा पसलहरु बगाएको छ । चोरकाटेका वासीन्दाहरु माथी गाउँ तिरको सुरक्षित बस्तीमा सरेका छन् ।

रिडीका केहि घर टहराहरु पनि बगाएको छ । उल्लीखोला बजार पनि उच्च जोखिममा छ । गुल्मी , स्याङ्गजा र पर्वतको संगम स्थल पनि डुवानमा परेको छ । कालिगण्डकी नदि किनार देखि धेरै टाढा र सुरक्षित स्थानम मानिएको भित्र मन्दिर परिसर समेत डुवानमा पर्नुले अहिले सम्मकै ढुलो पानीको वहाव बढेको स्थानियले बताएका छन् ।

वाग्लुङ्गमा ३ को मृत्यु २ वेपत्ता

उता वुर्तिबाङ्ग देखि माथी ७ , ८ घण्टाको दुरीमा पर्ने अधिकारीचौरको पहाडमा पहिरो जाँदा बडिघाट खोला नै थुन्ने खतरा बढेको बताईएको छ । वुर्तिवाङ्ग ईलाका प्रहरीचौकीले टावर समेत पहिरोले बगाउँदा ल्याण्लाईन टेलिफोन सेवा समेत अवरुद्ध भएको बताएको छ । 

बाग्लुङ्गका   जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार वाग्लुङ्गको दर्लिङ्ग ३ मा एक जना र राजकुत ७ मा  २ जना सहित तिन जनाको पहिरोले पुरेर मृत्यु भएको छ । 

दर्लिङ्गमै २ जना वेपत्ता भएका छन् । सिंहका अनुसार मृत्यु हुनेहरुमा दर्लिङ्ग–३ की १७ वर्षिया यमुना बुढामगर र राजकुत ७ की ८ वर्षिया दुजे तामाङ्ग र २२ वर्षिया डिकी तामाङ्ग रहेका छन् ।

पाल्पामा ४ जनाको मृत्यु

पाल्पाबाट पत्रकार रेखीराम रानाले पठा्एको समाचार अनुसार जिल्लाको विभिन्न स्थानमा बाढी र पहिरोले घर पुरिदा चार जनाको ज्यान गएको छ । 

जिल्लाको दक्षिणी भेगस्थित गोठादी–५, मनसेवा दमारमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा ४९ वर्षका दामबहादुर कनौजे, उहाँकी श्रीमति ४० वर्षकी खगीसरा र ९ वर्षकी छोरी यशोदा कनौजे मृत्यु भएको छ । 

दुई सय ५० मीटर माथिबाट भत्केको पहिरोले घरसहित सुतिरहेका तीन जना परिवारलाई च्यापेको दामबहादुरका दाजु प्रेमबहादुर कनौजेले बताए। सोमबार रातिदेखि परेको पानीका कारण राति साढे १२ बजे पहिरो गएको दाजु प्रेमबहादुरले जानकारी दिए े । नजिकै रहेको गोठमा सुतेका दामबहादुरका तीन छोराहरू भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै यस्तै पहिरोले घर बगाउँदा दोभान–१, झुम्साकी १६ वषिया अस्मिला विश्वकर्माको ज्यान गएको छ । तिलोत्तमा मावि, झुम्सामा कक्षा ९ मा अध्ययन्रत छात्राको पहिरोमा परी मृत्यु भएको दोभान प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार बिहान ४ बजेतिर माथिबाट गएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत झुम्सा सडक छेउमा रहेका ६ वटा घरहरू समेत पहिरोले बगाएको छ ।

एक्कासी पहिरो आएपछि घरमा सुतिरहेका सबै उठेर भागे पनि अस्मिता विक, मुना विक र धनवीर विकलाई पहिरोले बगाएको थियो । मुना र धनवीर सुनारको सकुशल उद्दार गरिएको छ भने अस्मिताको घटनास्थल मै मृत्यु भएको स्थानीय शान्ति विश्वकर्माले बताए ।

बाढी पहिरोले सडक अबरुद्ध

सोमबार रातिदेखि परेको अबिरल वर्षाले विभिन्न स्थानमा बाढी र पहिरो जादा सडक अबरुद्ध भएका छन् । 

तानसेन–बुटवल सडकखण्डको सिद्धार्थ राजमार्गमा पहिरो खसेर अबरुद्ध हुँदा हजारौँ यात्रुहरूले सास्ती बेहोर्नु परेको थियो । पहिरोले अबरुद्ध सडक मङ्गलबार दिउँशो ३ बजेपछि मात्र एकतर्फी रुपमा यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

तानसेन–तम्घास सडकखण्ड समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाको क्षेत्रीय सडकमा रुपमा रहेका बाँसटारी झडेवा सडक दश दिनदेखि अबरुद्ध हुँदा यातायात सुचारु हुन सकेको छैन । सडक अबरुद्ध भएर मर्मत कार्य नहुँदा झडेवा, गोठादी, रहबासका जनताले दश घण्टा हिडेर सदरमुकाम तानसेनसम्म यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको झडेवाका स्थानीय चन्द्रदेव पन्थीले बताउनुभयो ।

यस्तै क्षेत्रीय सडककै रुपमा रहेको रामपुर आर्यभाङ्ज्याङ् सडक समेत अबरुद्ध बनेको छ । खालीवन बीरकोट, ताहुँ क्षेत्रमा पहिरो जादा सडक अबरुद्ध बनेको यात्रुले बताएका छन् । 

सडक अबरुद्ध हुँदा तानसेन, बुटवल, तथा काठमाडौँ जाने यात्रुलाई पैदल हिडेर यात्रा गर्नुपर्ने बाध्यता बनेको छ । 

यस्तै ग्रामीण क्षेत्रका अधिकांश सडक अबरुद्ध भएका छन् । अबिरल परेको वर्षात्ले बाटो भत्किदा यातायात सञ्चालनमा ल्याउन कठिनाई भएको छ । बाढीले माडी फाँट र बाँसटारी क्षेत्र समेत डुवानमा परेको छ ।

प्युठानमा ८ को मृत्यु ६ वेपत्ता

केही दिनयता परेको अविरल वर्षाका कारण प्यूठानवासीको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षापछिको बाढी पहिरोका कारण मृत्यू हुनेको संख्या ८ पुगेको छ भने अरु ६ जना वेपत्ता छन् ।

लुङ गाविसमा घर पुरिएर ३ र खवाङ गाविसमा पनि घर पुरिएर ३ जना गरी ६ जना बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयद्धारा खोजिकार्य जारी छ भने पुँजा गाविसमा २ जना र अर्खामा देव बहादुर बुढा र उनका २ बच्चा गरी ५ जनाको शव मृत्यु भएको प्यूठान प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यस्तै झिमरुक नदिको किनारमा ३ जनाको शव फेला परेको तर नाम ठेगाना भने नखुलेको प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

उत्तरी प्यूठान रजवारामा ५० घर उच्च जोखिममा छन् भने जिल्लाका विभिन्न ठाउँहरु फोप्ली, लुङ, पुंजा, जुम्रीकाँढा, खवाङ लगायतका ठाँउका थुपै्र घरहरु पहिरोले पुरेको छ । प्युठान नगरपालिका ६ नयाँ बजार जुम्रीमा अवस्थीत लोकतान्त्रिक होटल रहेको घरको झन्डै आधा भाग नदीले बगाएको छ । जुम्री खोलाको किनारमा रहेको राम बहादुर परिवार र लक्ष्मन दमाइ घरमा पनि नदी पसेको छ ।

झिमरुक फाँटको धेरै जसो ठाउँहरुमा नदीले उर्वर भूमि नष्ट गरेको छ । यस भन्दा पहिले नदी नियन्त्रणका लागि लगाइएका तारजाली बगाए पछि झिमरुक फाँटमा नदी पसेको हो । झिमरुक फाँटमा रहेको प्रतिक्षालय र फर्निचर पनि बगाएको छ । असार २० गते पछि आज रातीको अविरल वर्षाले ठुलो क्षति गरेको स्थानीयवासीको भनाई छ ।

नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा झिमरुक नदीको किनारको केही भागमा तारजाली निर्माणमा कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ?