९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने

९ भाद्र २०७७, मंगलवार ११:११

भदौ ९, विदुर, (रासस) । नुवाकोट प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद्(सिटिइभिटी)ले नुवाकोटमा स्थापना हुने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका –१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्ने भएको छ ।

सिटिइभिटी सीप विकासका इञ्जिनीयरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सचिवालयका विनोद न्यौपानेको टोलीले सो निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी टंकनाथ ढकालको अध्यक्षतामा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष  हीरानाथ खतिवडा, जिसस प्रमुख सन्तमान तामाङ, नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतको उपस्थितिमा सो टोलीले इन्द्रेणीघाटको स्थलगत अवोलकन गरेको थियो ।

 केही दिन अगाडि भएको स्थलगत निरीक्षणपछि प्रजिअ ढकालका अध्यक्षतामा बसेको बैठकले बहुप्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले यसै शैक्षिकसत्रमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानका दुई  कार्यक्रम सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मा जिसस र नगरपालिकाले गर्ने निर्णयसमेत गरेको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो । 

बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था गरिदिन नगरपालिकालाई र कार्यशाला एवं प्रयोगशालासहित अन्य पूर्वाधारका लागि सङ्घीय तथा प्रदेशसभा सदस्य एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ । 

नगर प्रमुख पण्डितका अनुसार नुवाकोटमा पहिलो पल्ट स्थापना हुन लागेको सिटिइभिटीको आङ्गिक   शिक्षालयमा पशु विज्ञान, बाली विज्ञान, होटल व्यवस्थापन तथा पर्यटन, सिभिल इञ्जिनीयरिङ, स्वास्थ्य तथा सामान्य चिकित्सा र  फार्मेसीतर्फ तीनवर्षे डिप्लोमा कार्यक्रम प्रस्तावित गरिएको छ ।  भौतिक व्यवस्थापनका लागि हाल त्रिभुवन त्रिशूली माविको भवन, शहीद प्रतिष्ठान भवन र वागवानी कृषि केन्द्र भवनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरिने छ । 

नुवाकोटको तुप्चेमा जन्मिनुभएका बोगटी तत्कालीन नेकपा(माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा र सूचना तथा सञ्चारमन्त्रीसम्म हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु