२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने

२०७७, ९ भाद्र मंगलवार ११:११

भदौ ९, विदुर, (रासस) । नुवाकोट प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद्(सिटिइभिटी)ले नुवाकोटमा स्थापना हुने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका –१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्ने भएको छ ।

सिटिइभिटी सीप विकासका इञ्जिनीयरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सचिवालयका विनोद न्यौपानेको टोलीले सो निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी टंकनाथ ढकालको अध्यक्षतामा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष  हीरानाथ खतिवडा, जिसस प्रमुख सन्तमान तामाङ, नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतको उपस्थितिमा सो टोलीले इन्द्रेणीघाटको स्थलगत अवोलकन गरेको थियो ।

 केही दिन अगाडि भएको स्थलगत निरीक्षणपछि प्रजिअ ढकालका अध्यक्षतामा बसेको बैठकले बहुप्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले यसै शैक्षिकसत्रमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानका दुई  कार्यक्रम सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मा जिसस र नगरपालिकाले गर्ने निर्णयसमेत गरेको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो । 

बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था गरिदिन नगरपालिकालाई र कार्यशाला एवं प्रयोगशालासहित अन्य पूर्वाधारका लागि सङ्घीय तथा प्रदेशसभा सदस्य एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ । 

नगर प्रमुख पण्डितका अनुसार नुवाकोटमा पहिलो पल्ट स्थापना हुन लागेको सिटिइभिटीको आङ्गिक   शिक्षालयमा पशु विज्ञान, बाली विज्ञान, होटल व्यवस्थापन तथा पर्यटन, सिभिल इञ्जिनीयरिङ, स्वास्थ्य तथा सामान्य चिकित्सा र  फार्मेसीतर्फ तीनवर्षे डिप्लोमा कार्यक्रम प्रस्तावित गरिएको छ ।  भौतिक व्यवस्थापनका लागि हाल त्रिभुवन त्रिशूली माविको भवन, शहीद प्रतिष्ठान भवन र वागवानी कृषि केन्द्र भवनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरिने छ । 

नुवाकोटको तुप्चेमा जन्मिनुभएका बोगटी तत्कालीन नेकपा(माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा र सूचना तथा सञ्चारमन्त्रीसम्म हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन