साउन १२, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास स"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती सभ्यता एकीकृत विकास समिति परिसरमा वृक्षारोपण

२०७३, १२ श्रावण बुधबार ०३:५३


साउन १२, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । 

शनिवार वृक्षारोपण कार्यक्रममा समितिका कर्मचारी र बोर्ड सदस्यहरुको सहभागितामा दुईसय पचासी वैंस जातको विरुवा लगाइएको बोटविरुवाविद् रामदयाल प्रसाद  यादवले जानकारी दिए । उनले हरियाली प्रर्वद्धनलाई बढावा दिन कार्यालय गुह्श्वरी खोलाको छेउमा एकै जातको विरुवा लगाइएको बताए । 

झण्डै सातसय मिटर लम्बाइमा खोलाको किनारमा वृक्षारोपण गरिएको समितिले जानकारी गराएको  छ । त्यस्तै कार्यालय परिसरमा सरसफाइ पनि गरिएकोछ ।  


समिति प्रथम

यसैबीच सफा सहर कार्यक्रम अन्र्तगत हरियाली विकास एवं प्रवद्र्धन गर्ने कार्यका लागि सरकारी कार्यालयहरुबीच भएको प्रतियोगितात्मक कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति प्रथम भएको छ । 

प्रतियोगिता  सरकारी कार्यलयकाबीच मात्र  प्रतिपर्धा गराइएको थियो । बढ्दो सहरीकरणसँगै  हरियाली प्रर्वद्धनको महत्व र आवश्यकताका लागि सरकारी निकायको प्रयास के कस्तो  छ  भन्ने विषयको मल्याङ्कनमा यस समिति छनौट भएको हो ।


 त्यस्तै दोस्रोमा भवन विभाग भएको छ भने  सामान्य प्रशासन मन्त्रालय तेस्रो भएको छ ।  प्रतियोगितात्मक कार्यक्रममा  प्रथम भएको समितिले  नगद स्वरुप दुई लाख पुरस्कार प्राप्त गरेको छ ।  त्यस्तै दोस्रोले एक लाख र तेस्रोले पचास हजार राशीको पुरस्कार पाएको  छ । 

 सथै उक्त नगद पुरस्कार हरियाली विकास एवं प्रर्वद्धन गर्ने कार्यमा खर्च गर्नुपर्ने आयोजकले जानकारी गराएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने