साउन १२, काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । 

ट्रष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । 

ट्रष"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजपरिवारका जग्गा भाडामा लगाइने

१२ श्रावण २०७३, बुधबार ०८:१७

साउन १२, काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । 

ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि सो कार्यका लागि मार्ग प्रशस्त भएको हो । विनियमावलीको अभावमा ट्रष्टलाई आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न सकिएको थिएन । 

ट्रष्टका सचिव भीम उपाध्यायका अनुसार स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । यसैगरी ट्रष्टले विभिन्न स्थानमा रहेका सातवटा दरबारलाई सर्वसाधारण तथा पर्यटकलाई अवलोकन गर्न खुला गरेको छ । 

“विनियमावली लागू भएपछि अव पूर्व राजपरिवारका ती जग्गा, जमिन तथा सम्पत्तिलाई भाडामा लगाई आयआर्जन गर्न ट्रष्टलाई मार्ग प्रशस्त भएको छ । जग्गा जमिन तथा सम्पत्तिलाई भाडामा लगाउन सुरु गर्छांै ।” उनले भने । 

आय आर्जनबाट ट्रष्टले नेपाल ट्रष्ट कार्यक्रम अन्तर्गत शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सञ्चालन गर्न कार्यविधि समेत तयार गरी लागू गरेको छ । सो कार्यविधिमा दुर्गम क्षेत्रमा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय सञ्चालन गर्न, छात्रवृत्तिको व्यवस्था गर्न, शिक्षण संस्थालाई अनुदान दिन सक्ने सचिव उपाध्यायले जानकारी दिए । 

पहिलो पटक स्वीट भवन बन्दै 

नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ । आफ्ना नाममा आएका पूर्व राजपरिवारका जमिनमा नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ । 

“सो प्रस्ताव स्वीकृत भएपछि हामी भवन निर्माणको कार्य सुरुवात गछौँ,” उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९ औ बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार