साउन १२, काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । 

नेपाल रेडक्रस सोसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । 

नेपाल रेडक्रस सोसा"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्त सञ्चार सेवाको केन्द्रको स्वर्ण वर्ष: पचास वर्षमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुग्यो

२०७३, १२ श्रावण बुधबार १०:१७

साउन १२, काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । 

नेपाल रेडक्रस सोसाइटी स्थापनाको तीन वर्षपछि सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रले आजकै दिन अर्थात् २०२३ साउन १२ गतेदेखि रगत सङ्कलन तथा वितरणको कार्य सुरु गरेको थियो । 

नेपालमा रक्तसञ्चार सेवाका स्वर्ण जयन्तीका अवसरमा सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सोसाइटीले लक्ष्मी ब्लड बैंकको नामले वीर अस्पतालबाट रगत सङ्कलन र वितरण गर्न सुरु जनाइएको छ । 

सुरुको वर्षमा १९७ युनिट रगत सङ्कलन गरेको ब्लड बैंकले गत वर्ष करिब तीन लाख युनिट रगत सङ्कलन गरेको थियो । २०३९ असोज ३ गते भृकुटीमण्डपको नयाँ भवनबाट रक्त सञ्चार केन्द्रबाट रगत सेवा सुरु भएकोमा गत वर्षको भूकम्पले सो भवनलाई क्षति पुर्याएको थियो । हाल ललितपुरको बालकुमारीबाट सो सेवा दिइरहेको छ । 

वीर अस्पतालका तत्कालीन बिरामी रत्नकाजी तुलाधरलाई दयावीर कंसाकारले रगत दान गरी बिरामीलाई बचाएका थिए । विसं २००० मा भएको सो कार्यबाट नै नेपालमा रगतदानको सुरुवात भएको बताइन्छ । कंसाकार नै पहिलो रक्तदाता मानिन्छ, उनि परोपकार संस्थाका सस्थापक पनि हुन् । 

स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन संविधान कार्यान्वयनका लागि दलका बीच राष्ट्रिय सहमति आवश्यक रहेकामा जोड दिए । उनले राष्ट्रिय सहमतिका लागि दलहरु एक अर्कामा बाधक बन्न नहुनेमा जोड दिँदै सहमतिले नै समृद्ध नेपालको निर्माण हुन्छ भने । 

विनाशकारी भूकम्पले टहरामा दैनिकी गुजार्न बाध्य भएका पीडित र हालैको वर्षात्ले तराई मधेसमा आएको बाढी र डुबान तथा पहाडी जिल्लामा बाढी, पहिरो पीडित जनतालाई छिटो उद्धार गरी राहत दिन र मानवीय सहयोग पुर्याउन उपराष्ट्रपति पुनले सरकारसित आग्रह गरे । 

सो अवसरमा उपराष्ट्रपति पुनले नेपालमा रक्त सञ्चार सेवामा अतुलनीय योगदान पुर्याएबापत सोसाइटीका अध्यक्ष सञ्जीव थापाले धेरैपटक रगतदान गर्ने रक्तदातालाई सम्मान एवम् पदक प्रदान गरेका छन् । 

सो अवसरमा अध्यक्ष थापाले अगामी दिनमा रक्त सञ्चार सेवालाई गुणस्तरीय बनाउँदै देशभरि नै यसका सेवा पुर्याउने भएकाले रगतदान गर्न स्वयम्सेवीलाई प्रोत्साहन गर्न सोसाइटीले काम गरिरहेको बताए । 

सो अवसरमा सोसाइटीद्वारा प्रकाशित स्वर्णजयन्ती स्मारिकाको पनि सार्वजानिक गरिएको थियो । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मानवीय सेवाका लागि सोसाइटीले काम गरिरहेको बताए । स्वर्ण महोत्सवकै अवसरमा आज बिहान प्रभातफेरीको आयोजना समेत गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार