साउन १२, काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । 

नेपाल रेडक्रस सोसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । 

नेपाल रेडक्रस सोसा"/>

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्त सञ्चार सेवाको केन्द्रको स्वर्ण वर्ष: पचास वर्षमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुग्यो

१२ श्रावण २०७३, बुधबार १०:१७

साउन १२, काठमाडौँ । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । 

नेपाल रेडक्रस सोसाइटी स्थापनाको तीन वर्षपछि सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रले आजकै दिन अर्थात् २०२३ साउन १२ गतेदेखि रगत सङ्कलन तथा वितरणको कार्य सुरु गरेको थियो । 

नेपालमा रक्तसञ्चार सेवाका स्वर्ण जयन्तीका अवसरमा सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सोसाइटीले लक्ष्मी ब्लड बैंकको नामले वीर अस्पतालबाट रगत सङ्कलन र वितरण गर्न सुरु जनाइएको छ । 

सुरुको वर्षमा १९७ युनिट रगत सङ्कलन गरेको ब्लड बैंकले गत वर्ष करिब तीन लाख युनिट रगत सङ्कलन गरेको थियो । २०३९ असोज ३ गते भृकुटीमण्डपको नयाँ भवनबाट रक्त सञ्चार केन्द्रबाट रगत सेवा सुरु भएकोमा गत वर्षको भूकम्पले सो भवनलाई क्षति पुर्याएको थियो । हाल ललितपुरको बालकुमारीबाट सो सेवा दिइरहेको छ । 

वीर अस्पतालका तत्कालीन बिरामी रत्नकाजी तुलाधरलाई दयावीर कंसाकारले रगत दान गरी बिरामीलाई बचाएका थिए । विसं २००० मा भएको सो कार्यबाट नै नेपालमा रगतदानको सुरुवात भएको बताइन्छ । कंसाकार नै पहिलो रक्तदाता मानिन्छ, उनि परोपकार संस्थाका सस्थापक पनि हुन् । 

स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन संविधान कार्यान्वयनका लागि दलका बीच राष्ट्रिय सहमति आवश्यक रहेकामा जोड दिए । उनले राष्ट्रिय सहमतिका लागि दलहरु एक अर्कामा बाधक बन्न नहुनेमा जोड दिँदै सहमतिले नै समृद्ध नेपालको निर्माण हुन्छ भने । 

विनाशकारी भूकम्पले टहरामा दैनिकी गुजार्न बाध्य भएका पीडित र हालैको वर्षात्ले तराई मधेसमा आएको बाढी र डुबान तथा पहाडी जिल्लामा बाढी, पहिरो पीडित जनतालाई छिटो उद्धार गरी राहत दिन र मानवीय सहयोग पुर्याउन उपराष्ट्रपति पुनले सरकारसित आग्रह गरे । 

सो अवसरमा उपराष्ट्रपति पुनले नेपालमा रक्त सञ्चार सेवामा अतुलनीय योगदान पुर्याएबापत सोसाइटीका अध्यक्ष सञ्जीव थापाले धेरैपटक रगतदान गर्ने रक्तदातालाई सम्मान एवम् पदक प्रदान गरेका छन् । 

सो अवसरमा अध्यक्ष थापाले अगामी दिनमा रक्त सञ्चार सेवालाई गुणस्तरीय बनाउँदै देशभरि नै यसका सेवा पुर्याउने भएकाले रगतदान गर्न स्वयम्सेवीलाई प्रोत्साहन गर्न सोसाइटीले काम गरिरहेको बताए । 

सो अवसरमा सोसाइटीद्वारा प्रकाशित स्वर्णजयन्ती स्मारिकाको पनि सार्वजानिक गरिएको थियो । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मानवीय सेवाका लागि सोसाइटीले काम गरिरहेको बताए । स्वर्ण महोत्सवकै अवसरमा आज बिहान प्रभातफेरीको आयोजना समेत गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन