साउन १२, बैतडी । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् । प्रहरीले महताको शव दार्चुलाको घुषा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, बैतडी । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् । प्रहरीले महताको शव दार्चुलाको घुषा "/>

2026-07-03 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र १० लाख फेला

साउन १२, बैतडी । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् । प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेला परेको हो । 

यसअघि मङ्गलबार प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली, रगतले लत्पतिएको अवस्थामा चक्कु, एक तोला यार्सा, सतुवा एक किलोग्राम रु नौ लाख ९९ हजारलगायतका सामग्री फेला पारेको थियो । 

मङ्गलबार खण्डेश्वरीका स्थानीय कमल रोकायाले दिएको जानकारीका आधारमा प्रहरीले उक्त स्थानबाट सामग्री बरामद भएको बताएको छ । 

यस्तै मङ्गलबार घटनास्थलबाटै हत्या गरिएका सिप्टी–३ होपरीका जमनसिंह महताको नाममा जारी भएको यार्सा सङ्कलन परिचयपत्रसमेत फेला परेको थियो । परिचयपत्र फेला परेपछि तथा चक्कुमा रगत लत्पतिएको अवस्थामा प्रहरीले महताको हत्या भएको हुनसक्छ भनेर खोजी कार्य गरेको थियो । प्रहरीले महताको खोजबिन गर्दा मङ्गलबार बरामद गरिएको सामग्रीबाट ५०० मिटर तल चमेलिया नदी किनारमा आज हत्या गरिएको अवस्थामा शव भेट्टिएको हो ।

प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौर नेतृत्वको एक टोली अहिले घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपश्चात मात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक राठौरले राससलाई जानकारी दिनुभयो । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो