साउन १२, बैतडी । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, बैतडी । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए । 

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोको उच्च जोखिममा बैतडीका ४५ परिवार

१२ श्रावण २०७३, बुधबार १०:४४

साउन १२, बैतडी । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए । 

उनले भने, “२०४५ सालदेखि सो ठाउँमा पहिरो सुरु भएको र पहिरोले जमिन भास्ने क्रम बढ्दै गएको छ ।” पहिरोका कारण गाउँमा रहेको केदार निमाविलाई स्थानान्तरण गरिएको र विद्यालय भवन नै जोखिममा पारेपछि विद्यालय सार्नुपरेको नाथले बताए । 

पहिरोका कारण धेरै जमिन नष्ट भइसकेको छ भने अझै पनि जमिन पहिरोको जोखिममै रहेको छ । यस्तै सो ठाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको उनले बताए । 

सित्तड गाविस–५ डोलबस्ती पहिरोको उच्च जोखिममा रहेको छ । लगातार भएको वर्षाका कारण वस्ती नै पहिरोको जोखिममा परेको सित्तड स्वास्थ्य चौकीका प्रमुख नैन सिंह गोयलाले राससलाई जानकारी दिए । पहिलादेखि पहिरोको जोखिममा रहेको वस्ती वर्षाका कारण झन प्रभावित भएको छ उनले भने, “वस्तीमा रहेका सबै घर पहिरोको जोखिममा छन् ।” 

दस घरपरिवार बस्दै आएकोमा डोलवस्तीको भित्रपट्टी कमेरोयुक्त माटो भएकाले जमिन भासिँदै गएको उनले बताए । सो ठाउँका १५ परिवारले बसाइसराई गरिसकेको भए पनि कमजोर आर्थिक अवस्था भएका जोखिम मोलेर बस्न बाध्य भएको स्वास्थ्य चौकी प्रमुख गोयलाले जानकारी दिए । 

मङ्गलबारको वर्षाले बैतडी रौलेश्वर गाविस–६ मडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय विष्णुदत्त भट्टको घरमा आंशिक क्षति पुगेको छ । पहिरोले भैसीलाई चोट लागेको छ भने भट्ट श्रीमती पार्वती भट्टलाई पनि चोट लागेको छ । घर अझै पनि पहिरोको जोखिममा रहेको जनाइएको छ । यस्तै शिखरपुर गाविस–४ सेलामा रमेश साउदको पसल तलतिर पहिरो जाँदा पसल पहिरोको जोखिममा रहेको छ । गाउँमा आवतजावत गर्ने बाटो अवरुद्ध भएको छ । 

लगातारको वर्षाले बैतडीको रुद्रेश्वर गाविस–९ मा रहेको लटिनाथ प्रावी गिरेबगडको भवन भत्किएको छ । विद्यालयको चार कोठे भवन भत्किँदा विद्यालयका सबै सामग्री नष्ट भएको प्रधानाध्यापक नरेशराम कोलीले जानकारी  दिए । 

विसं २०६५ मा गाविसको रु दुई लाखको लागतमा निर्मित भवन भत्किएपछि विद्यालयलाई समस्या भएको छ । प्रधानाध्यापक कोलीले भने, “भवनको पूरै छाना खसेपछि कोठाभित्र रहेका कागजपत्र, दराज, कुर्सी, बेञ्च सबै नष्ट भएको छ ।” कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयको भवन भत्किएपछि पठनपाठनमा समेत समस्या भएको उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ