साउन १२, बैतडी । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, बैतडी । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए । 

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोको उच्च जोखिममा बैतडीका ४५ परिवार

२०७३, १२ श्रावण बुधबार १०:४४

साउन १२, बैतडी । बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए । 

उनले भने, “२०४५ सालदेखि सो ठाउँमा पहिरो सुरु भएको र पहिरोले जमिन भास्ने क्रम बढ्दै गएको छ ।” पहिरोका कारण गाउँमा रहेको केदार निमाविलाई स्थानान्तरण गरिएको र विद्यालय भवन नै जोखिममा पारेपछि विद्यालय सार्नुपरेको नाथले बताए । 

पहिरोका कारण धेरै जमिन नष्ट भइसकेको छ भने अझै पनि जमिन पहिरोको जोखिममै रहेको छ । यस्तै सो ठाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको उनले बताए । 

सित्तड गाविस–५ डोलबस्ती पहिरोको उच्च जोखिममा रहेको छ । लगातार भएको वर्षाका कारण वस्ती नै पहिरोको जोखिममा परेको सित्तड स्वास्थ्य चौकीका प्रमुख नैन सिंह गोयलाले राससलाई जानकारी दिए । पहिलादेखि पहिरोको जोखिममा रहेको वस्ती वर्षाका कारण झन प्रभावित भएको छ उनले भने, “वस्तीमा रहेका सबै घर पहिरोको जोखिममा छन् ।” 

दस घरपरिवार बस्दै आएकोमा डोलवस्तीको भित्रपट्टी कमेरोयुक्त माटो भएकाले जमिन भासिँदै गएको उनले बताए । सो ठाउँका १५ परिवारले बसाइसराई गरिसकेको भए पनि कमजोर आर्थिक अवस्था भएका जोखिम मोलेर बस्न बाध्य भएको स्वास्थ्य चौकी प्रमुख गोयलाले जानकारी दिए । 

मङ्गलबारको वर्षाले बैतडी रौलेश्वर गाविस–६ मडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय विष्णुदत्त भट्टको घरमा आंशिक क्षति पुगेको छ । पहिरोले भैसीलाई चोट लागेको छ भने भट्ट श्रीमती पार्वती भट्टलाई पनि चोट लागेको छ । घर अझै पनि पहिरोको जोखिममा रहेको जनाइएको छ । यस्तै शिखरपुर गाविस–४ सेलामा रमेश साउदको पसल तलतिर पहिरो जाँदा पसल पहिरोको जोखिममा रहेको छ । गाउँमा आवतजावत गर्ने बाटो अवरुद्ध भएको छ । 

लगातारको वर्षाले बैतडीको रुद्रेश्वर गाविस–९ मा रहेको लटिनाथ प्रावी गिरेबगडको भवन भत्किएको छ । विद्यालयको चार कोठे भवन भत्किँदा विद्यालयका सबै सामग्री नष्ट भएको प्रधानाध्यापक नरेशराम कोलीले जानकारी  दिए । 

विसं २०६५ मा गाविसको रु दुई लाखको लागतमा निर्मित भवन भत्किएपछि विद्यालयलाई समस्या भएको छ । प्रधानाध्यापक कोलीले भने, “भवनको पूरै छाना खसेपछि कोठाभित्र रहेका कागजपत्र, दराज, कुर्सी, बेञ्च सबै नष्ट भएको छ ।” कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयको भवन भत्किएपछि पठनपाठनमा समेत समस्या भएको उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने