२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख

२०७७, २८ भाद्र आईतवार ०२:०६

भदौ २८, काठमाडौँ । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।

पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उनी डिस्चार्ज भएकी थिइन् । 

त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उनको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो ।

उहाँले जन्माउनुभएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

गर्भवती महिलालाई दुःखैदुःख

अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्छिन् । उनी गर्भवती भएको सात महिना पुग्यो । उनले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गरिन् । बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उनले सिभिल अस्पतालमा फोन गरिन् । 

सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गरिन् तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गरिन् । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह गइन् । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उनको गर्भ खेर गयो ।

यस्तै जोरपाटीमा बसेकी रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाइनन् । उनलाई गाह्रो भइसकेको थियो । उनले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गरेकी थिइन् । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उनले कोठामै बच्चा जन्माइन् । यी दुई प्रतिनिधि पात्र मात्र हुन् ।

कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित