२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोक घुम्थाङको नागपुजेमा पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

२८ भाद्र २०७७, आईतवार ०२:२२

भदौ २८, सिन्धुपाल्चोक (रासस) :  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ । 

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

पहिरोपीडितलाई रु २७ लाख सहयोग

गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ सङ्घसंस्थाबाट प्राप्त रु २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको रु चार लाख ८९ हजार २२५ गरी एकमुष्ट रु २७ लाख एक हजार ७२० रकम पीडित परिवारसमक्ष राहतस्वरुप हस्तान्तरण गरिएको हो ।

पीडितहरुको अस्थायी आवास क्षेत्र जुगल–१ स्थित बाँसखर्कमै पुगेर नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेलगायतको प्रतिनिधि टोलीले उक्त राहत रकम वितरण गरनेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई रु ६० हजारका दरले रु सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई रु २५ हजारका दरले रु चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई रु १० हजारका दरले रु १४ लाख १० हजार राहतस्वरूप हस्तान्तरण गरिएको छ ।

प्रवासका संस्थाहरु तामाङ समाज बेल्जियमले रु चार लाख, तामाङ समाज जापानले रु तीन लाख ७० हजार, तामाङ सङ्घ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले रु तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले रु तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले रु दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले रु एक लाख ५२ हजार सहयोग गरेका छन् । त्यस्तै नेपाल तामाङ घेदुङ कतारले रु एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले रु एक लाख, मकाउ तामाङ घेदुङ एशोसिएशनले रु एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेशियाले रु एक लाख चार हजार सहयोग उपलब्ध गराएका थिए ।

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए । साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् ।

लिदी पहिरोका विस्थापितलाई राहत सामग्री

जुगल गाउँपालिका–२ लिदीगाउँका पहिरो प्रभावितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोबाट विस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिइरहेका उनीहरुलाई शनिबार खानेपानी सञ्चयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामग्री प्रदान गरिएको हो ।

शान्ति फाउण्डेशनद्वारा सङ्कलित राहत सामग्री वाग्मती प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले पहिरो प्रभावित र विस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्कस्थित अस्थायी आश्रयस्थलमा पुग्नुभएका नेपालसँग विस्थापित परिवारले स्थायी बासका लागि पहल गरिदिन आग्रह गरेका छन् । टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल व्यवस्थित किसिमका अस्थायी संरचना बनाइदिन आग्रह गरे । पहिरोपछि लिदीवासीको जीवन रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याइएको स्मरण गर्दै नेपालले बर्खापछि स्थायी र सुरक्षित बासस्थान व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान