२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोरोनाभन्दा समाज जित्न गाह्रो भयो’

२०७७, २८ भाद्र आईतवार ०३:०६

भदौ २८, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् ।

इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य हुँदै गएसँगै विगतका डर त्रास पनि हराउँदै गएका हुन् ।

‘सुरुमा कोरोना भाइरस लाग्यो भनेर थाहा पाउँदा त अहिले यस्तो अवस्थामा फर्किन पाइन्छ जस्तो लागेको थिएन’– सङ्क्रमण पछिको आफ्नो अनुभव सुनाउँदै आलमले भने ।

कारोना भाइरसका पूर्व सङ्क्रमित इमरान र वर्पेसको मात्र होइन, नेपालमै पहिलोपटक समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भुल्केको जनजीवन पुरानै अवस्थामा फर्किएको छ ।

वैशाखको पहिलो साता भुल्केको नुरी मस्जिदमा बस्दै आएका १२ जना जमातीसहित समुदायका दुई जनामा पहिलोपल्ट कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा सिङ्गो गाउँ नै अछूत जस्तो भएको थियो ।

तरकारी उत्पादनमा निर्भर उक्त गाउँमा उत्पादित तरकारी र दूधसमेत बजारमा बिक्री भएन । “नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेपछि कोेही बोल्न चाहँदैन थिए तर अहिले त्यो स्थिति छैन । सबै कुरा सहज भएको

छ”– स्थानीय अनिश मियाले भने ।

मुखले सहानुभूति, व्यवहारले हिंसा

विराटनगर महानगरपालिका वडा नंं. १० का ५० वर्षीय भोला भट्टराईले सञ्चालनमा ल्याएको चिया–नास्ता पसल ३० वर्षपछि पहिलोपटक ३० दिन बन्द भयो । भोला चिया–नास्ता पसलका सञ्चालक भट्टराई आफै र परिवारका सदस्यहरु नै कोरोना भाइरस सङ्क्रमित भएपछि पसल नै बन्द गर्नुपरेको थियो ।

विराटनगरको मुख्य बजार क्षेत्र ट्राफिक चोकमा रहेको उक्त पसल एक साता अघिदेखि फेरि खुलेको छ । तर पहिले जस्तो अहिले चिया–नास्ता खाने ग्राहक भने त्यहाँ जाँदैनन् । सङ्क्रमणपछि पनि कसैले विभेद गरेको अनुभव नभएको बताउने भट्टराई पसलमा आउने ग्राहक विस्तारै बढ्दै जाने अपेक्षा गर्नुहुन्छ ।

विराटनगर–५ का चुडामणि आचार्यलाई पनि सङ्क्रमित भएपछि छिमेकीले गर्ने व्यवहारमा परिवर्तन आएको जस्तो महशुस भएको बताउँछन् । ‘मुखले बोलेर त हैन तर व्यवहारमा देखिइरहेको छ, आउनैपर्ने छिमेकीले पनि अहिले वास्ता नगरेको जस्तो लाग्छ’– प्रदेश १ सरकारका प्रमुख न्यायाधिवक्तासमेत रहेका आचार्यले भने । सङ्क्रमणमुक्त भएपछि आफू दैनिक काममा फर्किसकेको भए पनि सार्वजनिक उपस्थिति र सामाजिक भेटघाट तथा भेलामा सरिक नभएको उनले बताए ।

‘विश्वव्यापी यो महामारीको बेला समाजमा जो कोही पनि सङ्क्रमित हुन सक्छ, सामाजिक रुपमा हेर्ने दृष्टिकोण फेरिनु पर्दछ’– आचार्यले भने ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसविरुद्ध कठिन सङ्घर्ष गरेका विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीलाई सङ्क्रमणमुक्त भएपछि खासै असजिलो महशुस भएको छैन । सामाजिक रुपमा हात मिलाउने प्रचलन हटेकाले मान्नुपर्नेहरुले सहजै नमस्कार अभिवादन गर्ने गरेको उनको भनाइ छ ।

सङक्रमित भएको अवस्थामा लक्षण अनुसारको सतर्कता जरुरी रहेको बताउँदै आत्मबललाई गिराउन नहुने उनको सुझाव छ ।

कोरोना सङ्क्रमण जितेर घर फर्किएकी झापाको दमक नगरपालिका वडा नं ५ की ४३ वर्षीय तुलसा खत्रीको अनुभव पनि निकै तीतो छ ।

निकै ठूलो डर र त्रासलाई पार गर्दै कोरानालाई जितेर घर फर्किए पनि समाजलाई जित्न निकै कठिन भएको उनको अनुभव छ । ‘रोगलाई जितेर गाउँ फर्किँदा छरछिमेकी नै बोल्न डराएको देख्दा समाजमा हिँडडुल गर्न नै कठिन भयो’– खत्रीले भनिन् । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित