२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेथानल मिश्रित स्यानिटाइजर त प्रयोग गर्नुभएको छैन ? ज्यान जोखिममा पर्न सक्छ

२०७७, २९ भाद्र सोमबार ०२:०१

भदौ २९, काठमाडौं । धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ?  त्यसमाथि बच्चाको हातमा प¥यो भने ? यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल  मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न सल्लाह दिन्छन्।

‘मेथानल विषाक्त हो। बच्चाबच्चीको कमलो छालामा बारम्बार घस्दा विषाक्त रसायन छालाले सोस्छ। त्यसले दीर्घकालमा दृष्टि क्षमतामा असर गर्छ। मुखमा परे ज्यानसमेत जान्छ’, डा. काफ्ले भन्छन्, ‘साबुनपानीले मिचीमिची हात धुनु जत्तिको राम्रो अरू केही होइन।’

नेपाल औषधि व्यवस्था विभागले विषाक्त स्यानिटाइजर कहाँ–कति छ भनेर लेखाजोखा गर्न सकेको छैन। सीमित साधनस्रोत र जनशक्तिका कारण अनुगमन गर्न नसक्दा बजारमा गुणस्तरहीन उत्पादन छ्यापछ्याप्ती छ। कतिपयले थाहा नपाएरै विषाक्त स्यानिटाइजर घरका कोठा–कोठामा सजाएका छन्। उत्पादक कम्पनीले स्यानिटाइजरको लेभलमा मेथानल मिसाइएको उल्लेख नगरी बिक्रीवितरण गरिरहेकाले सचेत हुन विज्ञको सुझाव छ।

कोरोना महामारीमा अत्यधिक उपयोग भइरहेको स्यानिटाइजरमा मेथानल मिसाउने कार्य नेपालसहित विभिन्न मुलुकमा भइरहेको छ। विभागका महानिर्देशक नारायण ढकाल स्वदेशमा उत्पादित र विदेशबाट आयातीत सबै स्यानिटाइजरको परीक्षण गर्न नसकिएको स्वीकार गर्छन्।

‘केही नमुना संकलन गरी परीक्षण गर्दा पाँचवटा कम्पनीको स्यानिटाइजरमा विषाक्त पायौं’, महानिर्देशक ढकाल भन्छन्, ‘अरू थप स्यानिटाइजर पनि परीक्षण गर्दै छौं।’ आयातीत स्यानिटाइजर पनि गुणस्तरहीन हुन सक्ने उनको ठम्याइ छ।

गुणस्तरहीन स्यानिटाइजरका कारण कतिपयको छालामा एलर्जी देखिएको छ। डा. काफ्लेका अनुसार अमेरिकामा पनि मेथानल  मिश्रित स्यानिटाइजर प्रयोग नगर्न सरकारले आह्वान गरेको छ। ‘मेथानल पेटमा पुगेपछि बान्ता हुन्छ। रक्सी बनाउँदा पनि मेथानलको प्रयोग हुन्छ’, उनी भन्छन्, ‘रक्सी खाएर कसैको ज्यान जान्छ भने त्यसको कारक मेथानल हो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित