२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसद्वारा भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा

२०७७, ३१ भाद्र बुधबार १५:२३

भदौ ३१, मस्को (रासस–एएनआई) । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ । 

कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ । कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ । 

डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभएको छ । उहाँले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गर्नुभयो ।

रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभयो । डा रेड्डीले विगत २५ वर्षदेखि रुसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिनुभयो । 

कोरोनाभाइरसका कारण भारत अहिले सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ । यहाँ कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ । 

रुसको स्वास्थ्य मन्त्रालयले गत असष्ट ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह