२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज १ गतेबाट अर्को आदेश नभएसम्म उपत्यकामा निषेधाज्ञा यथावत्

२०७७, १ आश्विन बिहीबार ०२:०८

असोज १, काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको हो । 

भदौ ३ गते बुधबार रातिबाट हप्ता दिनका लागि जारी निषेधाज्ञा भदौ २९ दिनको अवधिमा क्रमशः भदौ १०, १७, २४ र ३१ गते गरी चारपटक थप गरिएको हो । सो अवधिमा निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ । 

काठमाडौँका प्रजिअ जनकराज दाहालले कोरोना सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले असोज १ गतेबाट लागू हुने गरी अर्को आदेश नभएसम्म साबिकको निषेधाज्ञा जारी रहेको स्पष्ट पारे । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह