२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिसिआर रिपोर्टसँगै भाइरल लोडको समेत जानकारी दिइने

२०७७, १ आश्विन बिहीबार ०२:१०

असोज १, काठमाडौ । सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ। हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ वा नेगेटिभ भनेर नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिदैन्थ्यो। प्राविधिक रुपमा भाइरल लोडलाई साइकल थ्रेसहोल्ड (सिटी) ‘भ्यालु’ को रुपमा मापन गरिन्छ।

‘अबदेखि आइटी पिसिआर परीक्षण नतिजा दिँदा सिटी भ्यालुसमेत उल्लेख गरेर दिन प्रयोगशालालाई सूचना गरेका छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने।

विज्ञका अनुसार कोरोना पोजेटिभमा भाइरल लोड बढी अथवा कम रहेको सूचना विभिन्न हिसाबले उपयोगी मानिन्छ। यो ‘भ्यालु’ ले संक्रमितमा भाइरसको उपस्थितिको मात्रा थाहा हुने भएकाले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ। यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरेर महामारी नियन्त्रण गर्न पनि सहयोग गर्छ।

नेपालका सबै प्रयोगशालाले आरटी पिसिआर परीक्षण गर्दा यो तथ्यांक स्वतः आउँछ। तर यसअघि यो सूचना सरकारी कार्यालय र प्रयोगशालाका ‘लग बुक र मेसिन’ मा मात्र सीमित थियो।

बिरामीको उपचार र अनुसन्धानमा यसको खास उपयोग भएको थिएन। ‘सिटी भ्यालुको उल्लेख गर्दा आरटी पिसिआरको विश्वसनियता बढ्छ र यो धेरै हिसाबले उपयोगी छ,’ प्रवक्ता गौतमले नागरिकसँग भने।

अन्तर्राष्ट्रिय रुपमा सामान्यतया ३५ अंकभन्दा माथि रहे कम भाइरल लोड र ३५ भन्दा जति कम हुँदै गयो त्यति नै बढी भाइरल लोड भएको मानिन्छ।

अन्तर्राष्ट्रिय रुपमा ‘स्ट्यान्डर्ड टेष्ट’ मानिएको आरटी पिसिआरले संक्रमितको पहिचान गरे पनि वास्तवमा ती संक्रमितले तुलनात्मक रुपमा फरकफरक हिसाबले भाइरसको प्रसारण गर्छन् भन्ने मानिँदै आएको छ। यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह