९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गा खोजी

४ आश्विन २०७७, आईतवार ०४:२१

असोज ४, म्याग्दी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरु भएको छ । भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो । 

गाउँको फेदीदेखि शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “करिब डेढ दशकदेखिको चौरखानीको पहिरो यो वर्ष थप सक्रिय भएको छ”, उहाँले भन्नुभयो, “नियन्त्रण सम्भव नभएपछि बस्तीनै सार्नका लागि पहल गरेका हौँ ।” 

स्थानीयवासीले रोजेको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन गरेर उपयुक्त भएको सिफारिस गरेको आधारमा स्थानान्तरणका लागि छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि सङ्घीय सरकारले रु एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ । अन्यत्र जग्गा नभएकाका लागि निजी जग्गा नपाए सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ । 

बाउन्न घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ । आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गाउँको बीचमा ठाडो चिरा पारेको पहिरोका चौरखानीमा एउटा सामुदायिक भवन र एउटा घर भत्किएको छ । गाउँपालिकाको रु पाँच लाख र स्थानीयको रु नौ लाख खर्चेर दुई वर्षअघि निर्माण गरिएको सामुदायिक भवन चिरा परेर भत्किएको छ । नरप्रसाद छन्त्यालको घर भत्किएको र अन्य ११ वटा घरको पर्खाल चर्किएर जोखिममा परेको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । 

थमबहादुर छन्त्याल, उद्दिमबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल, रैमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्कमान छन्त्याल, नरमान छन्त्याल, दलप्रसाद विक र पूर्णमान छन्त्यालको घरको पर्खाल चर्किएर ढल्किएको छ । भिङखानी भूमे युवा क्लबको खेलमैदान भत्किएको छ । 

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट शुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रामप्रसाद छन्त्यालले बताउनुभयो । विसं २०६४ मा शुरु भएको पहिरो ग्यावीयन पर्खाल र भल व्यवस्थापन गरेपछि केही वर्ष रोकिएको थियो । यो वर्ष अत्यधिक वर्षाका कारण पहिरो सक्रिय भएपछि जोखिम बढेको हो । खेतबारी र जङ्गल चिराचिरा परेको छ । घरको पर्खाल चर्किएर ढल्किएको स्थानीय थममाया छन्त्यालले बताउनुभयो । भित्रभित्रै जमिन बगरिहेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने