२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गा खोजी

२०७७, ४ आश्विन आईतवार ०४:२१

असोज ४, म्याग्दी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरु भएको छ । भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो । 

गाउँको फेदीदेखि शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “करिब डेढ दशकदेखिको चौरखानीको पहिरो यो वर्ष थप सक्रिय भएको छ”, उहाँले भन्नुभयो, “नियन्त्रण सम्भव नभएपछि बस्तीनै सार्नका लागि पहल गरेका हौँ ।” 

स्थानीयवासीले रोजेको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन गरेर उपयुक्त भएको सिफारिस गरेको आधारमा स्थानान्तरणका लागि छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार पहिरोबाट विस्थापितलाई घर स्थानान्तरणका लागि सङ्घीय सरकारले रु एक लाख उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको छ । अन्यत्र जग्गा नभएकाका लागि निजी जग्गा नपाए सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा उपलब्ध गराउने व्यवस्था छ । 

बाउन्न घर रहेको चौरखानीमा हाल ३० परिवारको बसोबास छ । आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गाउँको बीचमा ठाडो चिरा पारेको पहिरोका चौरखानीमा एउटा सामुदायिक भवन र एउटा घर भत्किएको छ । गाउँपालिकाको रु पाँच लाख र स्थानीयको रु नौ लाख खर्चेर दुई वर्षअघि निर्माण गरिएको सामुदायिक भवन चिरा परेर भत्किएको छ । नरप्रसाद छन्त्यालको घर भत्किएको र अन्य ११ वटा घरको पर्खाल चर्किएर जोखिममा परेको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । 

थमबहादुर छन्त्याल, उद्दिमबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल, रैमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्कमान छन्त्याल, नरमान छन्त्याल, दलप्रसाद विक र पूर्णमान छन्त्यालको घरको पर्खाल चर्किएर ढल्किएको छ । भिङखानी भूमे युवा क्लबको खेलमैदान भत्किएको छ । 

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट शुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रामप्रसाद छन्त्यालले बताउनुभयो । विसं २०६४ मा शुरु भएको पहिरो ग्यावीयन पर्खाल र भल व्यवस्थापन गरेपछि केही वर्ष रोकिएको थियो । यो वर्ष अत्यधिक वर्षाका कारण पहिरो सक्रिय भएपछि जोखिम बढेको हो । खेतबारी र जङ्गल चिराचिरा परेको छ । घरको पर्खाल चर्किएर ढल्किएको स्थानीय थममाया छन्त्यालले बताउनुभयो । भित्रभित्रै जमिन बगरिहेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते