साउन १३, सोलुखुम्बु । इम्जा तालको जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गएको नेपाली सेनाको टोली पहिलो चरणको काम पूरा गरी नाम्चे फर्किएको छ । 

विगत चार महिना अघिदेखि इम्जा क्षेत्रमा खटिएको बराहा दल गुल्म नाम्चे र अमर दल गुल्म सल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, सोलुखुम्बु । इम्जा तालको जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गएको नेपाली सेनाको टोली पहिलो चरणको काम पूरा गरी नाम्चे फर्किएको छ । 

विगत चार महिना अघिदेखि इम्जा क्षेत्रमा खटिएको बराहा दल गुल्म नाम्चे र अमर दल गुल्म सल्ल"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इम्जा हिमताल जोखिम न्यूनीकरणको काम ७० प्रतिशत पूरा

१३ श्रावण २०७३, बिहीबार ०९:३०

साउन १३, सोलुखुम्बु । इम्जा तालको जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गएको नेपाली सेनाको टोली पहिलो चरणको काम पूरा गरी नाम्चे फर्किएको छ । 

विगत चार महिना अघिदेखि इम्जा क्षेत्रमा खटिएको बराहा दल गुल्म नाम्चे र अमर दल गुल्म सल्लेरीबाट गएको नेपाली सेना, इन्जिनियर, ट्र्याक्टरसहित २२ जनाको टोली बुधबार नाम्चे फर्किएको हो । 

टोलीले इम्जा ताल क्षेत्रमा गेट निर्माण, क्यानल निर्माण र क्यानल खोल्ने काम सम्पन्न गरेको छ । कङ्क्रिट सुक्न केही समय लाग्ने भएकाले अन्य काम पूरा गरी टोली फर्किएको बराह दल गुल्मका क्याप्टेन कृतार्थ शम्शेर जबराले जानकारी दिए । 

जबराका अनुसार सेना १५÷२० दिनको फरकमा इम्जा क्षेत्रमा गएर तालको अवस्थाबारेमा जानकारी लिइरहनेछ । इम्जा क्षेत्रमा अहिले कन्सल्टेन्सीका इन्जिनियर टोली र श्रमिक मात्र काम गरिरहेका छन् । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार इम्जाको विस्फोटन खतरा न्यूनीकरणका लागि तीन मिटर पानी घटाउने लक्ष्यअनुसार पहिलो चरणको काम सम्पन्न भएको हो । जोखिम न्यूनीकरणका लागि विद्युतीय उपकरण जोड्ने तथा तालको पानी घटाउने काम सुरु गर्न भने केही समय लाग्ने शर्माले बताउनुभयो । प्रारम्भिक चरणदेखि हालसम्म आइपुग्दा ७० प्रतिशत काम पूरा भएको छ । 

पहिलो किस्ताबापत रु १३ करोड प्राविधिक तथा श्रमिक टोलीलाई निर्माणका क्रममा दिइसकिएको र दोस्रो किस्ताको रकम दिने प्रक्रिया पनि पूरा भइसकेको शर्माले बताए । इम्जा तालको जोखिम न्यूनीकरणका लागि रु ३२ करोडमा सम्झौता भएको हो । 

समुद्री सतहबाट पाँच हजार १० मिटर उचाइमा रहेको इम्जा हिमताल जलवायु परिवर्तनका कारण आकार तथा गहिराइ बढेपछि विस्फोटको खतरा बढेको तालसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले जनाएको छ । समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को रु ३२ करोडको लगानीमा इम्जा तालको पानी घटाउने कार्य भइरहेको छ । 

विज्ञान प्रविधि तथा वातावारण मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग र युएनडिपीबीच गत २०१५ जुलाई १५ मा सम्झौता भई काम सुरु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव