असोज ७, काठमाण्डाै । नेपालमा बितेको २४ घण्टामा एक हजार एक सय ७२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार आठ सय चार पुगेकाे छ ।
गएको २४ घण्टामा नाै हजार चार सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएकाे हाे ।
गएकाे २४ घण्टामा एक हजार आठ सय ९३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४९ हजार नाै सय ५४ जना पुगेको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!