२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुुटसल आजदेखि सञ्चालनमा

२०७७, ७ आश्विन बुधबार ११:४७

असोज ७, काठमाडौँ (रासस) : कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । 

फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ ।

सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उहाँले बताउनुभयो । विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने सङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह