२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको सुरक्षामा संसदीय समितिको चासो

२०७७, ११ आश्विन आईतवार १५:५३

असोज ११, काठमाडौँ (रासस) । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण रहेकाले  जीवन सुरक्षामा चासो व्यक्त गरेको छ । समितिले कतिपय रोजगारी गुम्न गई फर्कन नपाएको, कोही अवैध रुपमा गई फर्कन नपाएको र घरेलु कामदारका रुपमा बसेकाहरु पनि विभिन्न यातनाबाट प्रताडित भइरहेका अवस्थामा जीवन सुरक्षामा आवश्यक व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

सिंहदरबारमा आज घरेलु कामदारको सुरक्षासम्बन्धी छलफलमा समितिका सदस्यले त्यसतर्फ सरकारलाई ठोस निर्देशन जरुरी रहेको बताउनुभयो । छलफलमा सदस्यले रोजगारी गुम्न गई आउन नपाएका कामदारलाई ल्याउनका लागि  उडान सङ्ख्या थप्नुपर्ने तथा कल्याणकारी कोषमा रकम जम्मा गरेका मजदूरले म्याद सकिए पनि त्यही रकमबाट उद्धारको आवश्यक व्यवस्था गर्नुपर्ने  औँल्याउनुभयो ।

उहाँहरुले मानवबेचबिखन जस्तो गम्भीर अपराधमा संलग्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने संस्था र व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनेतर्फ पनि निर्देशनका लागि समितिको ध्यानाकर्षण गराउनुभएको छ ।

त्यसको मतियार भएको पाइएमा राष्ट्रसेवक कर्मचारीलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ । गैरकानूनी रुपमा विदेशमा पुगेका नेपालीलाई उद्धार गरी त्यसरी पठाउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने औँल्याइएको छ । 

समितिका सदस्य देवेन्द्र पौडेलले कामदार कहाँ के गर्दै तथा सेवा सुविधा के भन्ने विषयमा जानकारी प्राप्त गर्ने सकिने गरी आवश्यक व्यवस्था मिलाउन सकिए  समस्या निराकरणमा सहज हुने बताउनुभयो । सेवाशर्तको सुनिश्चितता र पारदर्शी गराई कूटनीतिक अधिकृतसँग नियमित सम्पर्कमा रहन सक्ने व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड थियो । 

अर्का सदस्य लालप्रसाद साँवा लिम्बूले दुईवर्षे बीमा गरेका अवस्थामा त्यसको म्याद तीनवर्षे बनाइएकाले पहिलेकै व्यवस्था कायमै राख्न समितिलाई सुझाव दिनुभयो ।  समितिका सदस्य प्रकाश रसाइलीले राजदूतावासमा उद्धार जनशक्ति कमजोर रहेको औँल्याउँदै जनशक्ति बढाउनेतर्फ आवश्यक निर्देशन दिन समितिको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विदेशमा पुगेपछि कामदारको राहदानी खोसेर राख्ने अवस्था रहेकाले  सुरक्षित हुने गरी व्यवस्था मिलाउन र तामिल तथा श्रमसम्झौताको स्पष्ट मापदण्ड तोक्नुपर्ने  औँल्याउनुभयो । कसैलाई सम्पर्क गर्न चाहेमा तत्काल सम्पर्कमा जान सक्ने गरी व्यवस्था मिलाउन सके घरेलु कामदारलाई पीडा कम हुने उहाँको तर्क थियो । 

सांसद भीमसेनदास प्रधान र सोमप्रसाद पाण्डेयले महिला बढी प्रताडित हुने गरेको सन्दर्भ जोड्दै उनीहरुलाई घरेलु कामदारका रुपमा जान निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।  समिति सदस्य विन्दा पाण्डेले कामदारले चाहेमा राहदानी आफैँ राख्न पाउने व्यवस्था लागू गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशमा कामदार पठाउनुभन्दा स्वदेशमा नै मर्यादित श्रममा परिचालन गर्नेतर्फ सरकारलाई निर्देशन दिन समितिको ध्यानाकर्षण गराउनुभयो । 

छलफलपछि उक्त विषयमा आवश्यक प्रतिवेदन तयार पार्न समितिका सदस्य नरबहादुर धामी, सुजाता परियार र लिम्बूलाई जिम्मा दिइएको छ । तीन सदस्यीय टोलीले मङ्गलबार बस्ने समितिको बैठकमा उक्त प्रतिवेदन पेश गर्ने र  आवश्यक छलफलपछि सरकारलाई निर्देशन दिने तयारी समितिको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह