२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक उडान बढ्नेः ९० प्रतिशत अकुपेन्सी

२०७७, १३ आश्विन मंगलवार ११:३८

असोज १३, काठमाडौँ (रासस) । कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ । महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन् । नजिकिएको दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या पनि थप्दैछन् ।

उडानको पहिलो साता उत्साहवद्र्धक रहेको कम्पनीले उल्लेख गरेका छन् । तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

शुरुआती चरणमा सातादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो । आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान सङ्ख्या बढाउने प्राधिकरणले तयारी गरेको छ । भदौ १६ देखि सञ्चालनमा आएको मुलुकको अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सी उत्साहवद्र्धक छ । सातादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन् । चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या बढाउन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन् । प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान सङ्ख्या बढाउने निष्कर्षमा पुगेको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आन्तरिक उडानको सङ्ख्या बढाउने प्राधिकरणले निर्णय गरिसकेको जानकारी दिनुभयो । यद्यपि, कुन एयरलाइन्सलाई कति उडान सङ्ख्या दिने भन्ने आज साँझसम्म निर्णय हुने उहाँको भनाइ छ । सीमित सङ्ख्याको उडानमा पनि आन्तरिक वायुसेवा कम्पनीले सबै गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेका छन् । बुद्ध एयरले शुरुमा राजविराजबाहेक सबै गन्तव्यमा उडान गर्दै आएकामा अहिले राजविराजसहित सबै गन्तव्यमा उडान सञ्चालन गरिएको जनाएको छ ।

बुद्धले अहिले दैनिक २२ उडान गरिरहेको छ । कम्पनीले आगमन र प्रस्थान गरी ४४ उडान भर्दै आएको छ । अहिले भारतको बनारसबाहेक सबै गन्तव्यमा उडान गरिरहेका कम्पनीले जनाएको छ । सातामा १५ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको पनि कम्पनीले उल्लेख गरेको छ । बुद्धले सामान्य अवस्थामा दैनिक १०० उडान गर्ने गरेको थियो । कम्पनीले १३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

यस्तै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आफ्ना सबै आठ गन्तव्यमा उडान सञ्चालन गरिरहेको र ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले शुरुआती चरणमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको बताउनुभयो । महामारीबाट जोखिन सुरक्षित र सुलभ यात्र हुने भएकाले पनि यात्रुको आकर्षण बढेको उहाँले उल्लेख गर्नुभयो ।

यतीले अहिले दैनिक दुईतर्फी ३८ उडान गरिरहेको छ । कम्पनीले सामान्य अवस्थामा दुईतफी ८० वटासम्म उडान गर्ने गरेको थियो । उहाँका अनुसार नजिकिएको चाडपर्व र यात्रुको मागबमोजिम उडान सङ्ख्या बढाउन नियमित उडान अनुमतिका लागि प्राधिकरणसँग माग गरिएको छ । उडान पनि स्वीकृत भइसकेको छ । यतीले अहिले विराटनगर, पोखरा र भरतपुरमा समान दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिरहेको छ । यतीको भगिनी संस्था तारा एयरले दुर्गम क्षेत्रमा यात्रु तथा कार्गो उडान गरिरहेको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कम्पनीको उडान उत्साहजन रहेको र उडान सङ्ख्या बढाउने अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह