२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा क्वारेन्टीन ब्यवस्थित गर्दै स्थानीय सरकार

२०७७, १३ आश्विन मंगलवार ११:४५

असोज १३, धादिङ | कोभिडको–१९ को जोखिम बढ्दै गएपछि धादिङमा स्थानीय पालिकाहरूले क्वारेन्टीन र आइशोलेसनलाई थप व्यवस्थित गर्न थालेका छन् ।

भारत र तेश्रो मुलुकबाट घर फर्किनेको संख्या नरोकिएको र दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या थपिंदै गएकाले पालिकाहरूले  क्वारेन्टिन र आइशोलेसनलाई व्यवस्थित गर्न थालेका हुन्। केही समय अघिसम्म विदेशबाट फिर्ता हुनेहरूमा मात्र कोरोना संक्रमण देखिएकोमा अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी  जस्ता अग्रपंक्तिमा रहेर काम गर्ने  व्यक्ति र सर्वसाधारणमा समेत  कोरोना संक्रमण देखिएको छ ।

दशैं, तिहार र  छठ जस्ता ठूला चाडपर्वले  दैलो ढकढकाउन आइसकेकाले पनि यतिबेला मानिसहरूको आवतजावत , भेटघाट  र  जमघट बाक्लिने कुरामा शंकङ्का छैन । चाडपर्वको जमघटले कोरोना भाइरसलाई समेत निम्त्याउने खतरा रहन्छ। यसकारण पनि धादिङका स्थानीय सरकार क्वारेन्टिन र आइशोलेसनको व्यवस्थापनमा निकै चनाखो देखिएका छन्। 


सुरुवाती चरणहरुमा विद्यालय र सरकारी भवनहरुमा क्वारेन्टिन र    आइशोलेसन  निर्माण गरिएका  थिए।  अहिले जिल्लाका धेरैजसो विद्यालयमा पठनपाठन शुरू भैसकेकाले विद्यालयमा रहेका क्वारेन्टिन र आइशोलेसन हटाई सेनिटाइज गरेर विद्यालयलाई सुरक्षित र सफा बनाइसकिएको छ।  

विद्यालयको क्वारेन्टिन हटाइएपछी स्थानीय पालिकाहरूले नयाँ ठाउँमा क्वारेन्टिन र आइशोलेसन निर्मार्ण गरेका छन्। उनीहरूले  नौ बुँदे आचारसंहिता समेत जारी गरेका छन्।


गजुरी, बेनिघाट रोराङ, थाँक्रे, गल्छी, ज्वालामुखी, गंगाजमुना  र खनियाबास  समेत सात ओटा  पालिकाहरूले व्यवस्थित र नमूना लायक क्वारेन्टिन र आइशोलेसन निर्माण गरेका छन्। उनिहरूलाई अन्तराष्ट्रीय गैरसरकारी संस्था डिसिए र स्थानीय सामाजिक संस्था  एक्सन  नेपालले   सहजिकरण र सहयोग गर्दै आइरहेका छन्। 

क्वारेन्टीनमा रहने प्रत्येक ब्यक्तिलाइ आवश्यक पर्ने ब्यक्तिगत सरसफाइ सामाग्रीदेखि, क्वारेन्टीनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय र स्नानघर समेत निर्माण गरिएको छ । यहाँ मनोपरामर्श र योगाको  समेत व्यवस्थापन गरिएको छ।


धादिङका सातओटा स्थानीय तहले क्वारेन्टिन र आइशोलेसन बसाई सम्बन्धी नागरिक आचार संहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरि  १० वटा क्वारेन्टिनमा लागू गराएका छन्।  यी पालिकाहरूले निर्माण गरेका क्वारेन्टीन र आचार संहिता जिलाका  अरू पालिका मात्र होइन देशकै स्थानीय   सरकारहरूको लागी नमूना भएको छ। 

यति मात्र होइन पालिकाहरूके व्यवस्थित क्वारेन्टीन निर्माण गरेपछी  स्थानीय बासिन्दामा समेत कोरोना भाइरसलाई हल्का ढङ्गले नहेरी सतर्क र  सजग रहनु पर्ने थप  प्रेरणा र उत्साह प्राप्त   भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने