९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा क्वारेन्टीन ब्यवस्थित गर्दै स्थानीय सरकार

१३ आश्विन २०७७, मंगलवार ११:४५

असोज १३, धादिङ | कोभिडको–१९ को जोखिम बढ्दै गएपछि धादिङमा स्थानीय पालिकाहरूले क्वारेन्टीन र आइशोलेसनलाई थप व्यवस्थित गर्न थालेका छन् ।

भारत र तेश्रो मुलुकबाट घर फर्किनेको संख्या नरोकिएको र दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या थपिंदै गएकाले पालिकाहरूले  क्वारेन्टिन र आइशोलेसनलाई व्यवस्थित गर्न थालेका हुन्। केही समय अघिसम्म विदेशबाट फिर्ता हुनेहरूमा मात्र कोरोना संक्रमण देखिएकोमा अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी  जस्ता अग्रपंक्तिमा रहेर काम गर्ने  व्यक्ति र सर्वसाधारणमा समेत  कोरोना संक्रमण देखिएको छ ।

दशैं, तिहार र  छठ जस्ता ठूला चाडपर्वले  दैलो ढकढकाउन आइसकेकाले पनि यतिबेला मानिसहरूको आवतजावत , भेटघाट  र  जमघट बाक्लिने कुरामा शंकङ्का छैन । चाडपर्वको जमघटले कोरोना भाइरसलाई समेत निम्त्याउने खतरा रहन्छ। यसकारण पनि धादिङका स्थानीय सरकार क्वारेन्टिन र आइशोलेसनको व्यवस्थापनमा निकै चनाखो देखिएका छन्। 


सुरुवाती चरणहरुमा विद्यालय र सरकारी भवनहरुमा क्वारेन्टिन र    आइशोलेसन  निर्माण गरिएका  थिए।  अहिले जिल्लाका धेरैजसो विद्यालयमा पठनपाठन शुरू भैसकेकाले विद्यालयमा रहेका क्वारेन्टिन र आइशोलेसन हटाई सेनिटाइज गरेर विद्यालयलाई सुरक्षित र सफा बनाइसकिएको छ।  

विद्यालयको क्वारेन्टिन हटाइएपछी स्थानीय पालिकाहरूले नयाँ ठाउँमा क्वारेन्टिन र आइशोलेसन निर्मार्ण गरेका छन्। उनीहरूले  नौ बुँदे आचारसंहिता समेत जारी गरेका छन्।


गजुरी, बेनिघाट रोराङ, थाँक्रे, गल्छी, ज्वालामुखी, गंगाजमुना  र खनियाबास  समेत सात ओटा  पालिकाहरूले व्यवस्थित र नमूना लायक क्वारेन्टिन र आइशोलेसन निर्माण गरेका छन्। उनिहरूलाई अन्तराष्ट्रीय गैरसरकारी संस्था डिसिए र स्थानीय सामाजिक संस्था  एक्सन  नेपालले   सहजिकरण र सहयोग गर्दै आइरहेका छन्। 

क्वारेन्टीनमा रहने प्रत्येक ब्यक्तिलाइ आवश्यक पर्ने ब्यक्तिगत सरसफाइ सामाग्रीदेखि, क्वारेन्टीनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालय र स्नानघर समेत निर्माण गरिएको छ । यहाँ मनोपरामर्श र योगाको  समेत व्यवस्थापन गरिएको छ।


धादिङका सातओटा स्थानीय तहले क्वारेन्टिन र आइशोलेसन बसाई सम्बन्धी नागरिक आचार संहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरि  १० वटा क्वारेन्टिनमा लागू गराएका छन्।  यी पालिकाहरूले निर्माण गरेका क्वारेन्टीन र आचार संहिता जिलाका  अरू पालिका मात्र होइन देशकै स्थानीय   सरकारहरूको लागी नमूना भएको छ। 

यति मात्र होइन पालिकाहरूके व्यवस्थित क्वारेन्टीन निर्माण गरेपछी  स्थानीय बासिन्दामा समेत कोरोना भाइरसलाई हल्का ढङ्गले नहेरी सतर्क र  सजग रहनु पर्ने थप  प्रेरणा र उत्साह प्राप्त   भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता