२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रोइलरका चल्लालाई मेहेन्दी लगाउँदा…

२०७७, १३ आश्विन मंगलवार १२:४४

असोज १३, काठमाडौँ (रासस) । अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर बिक्री वितरण गर्ने व्यक्ति यसअघि पटकपटक पक्राउ परेका हुन् । यस्ता गतिविधिमा नेपाली व्यवसायी नै संलग्न रहने गरेको आरोप लाग्दै पनि आएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी हजारौँ चल्ला नष्ट पनि गरेको थियो  । त्यसको निगरानीमा नेपाली कुखुरा व्यवसायी आफैँ खटिँदै आएका पनि छन् । 

ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घटना फेला परेको छ । त्यस्तै नौलो घटना आज काठमाडौँमा भएको छ ।  चार जना भारतीय व्यक्तिले ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेपछि उक्त रहस्य खुलेको हो ।

आज महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतीय नागरिक  प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् । उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ । कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु १५० सम्ममा विक्री गर्ने गरेको खुलेको  छ । 

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा कानुनी अनुसन्धान शुरु गरिएको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ ।  प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह