२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ : लालबाबु पण्डित

२०७७, १४ आश्विन बुधबार ०२:१६

 असोज १४, काठमाडौं । मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पिआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए । आफूले कार्यसम्पदानमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा हटाइएकोमा पण्डितले आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले मलाई असफल भन्छ त ? यो भनेको डिष्टिङ्कसन नम्बर हो । डिष्टिङ्सनलाई फेल भन्दैनन् । यसरी कार्यसम्पादनमा सर्वोत्कृष्ट ल्याउने मन्त्रीलाई हटाउने र फेल हुनेहरुलाई बोक्नेहरुले एकदिन पछुताउने छन् ।

तपाईं हेर्दै जानुस् ! विभिन्न शक्तिकेन्द्रको नामसँग जोडेर सामान्य पास अंकसमेत ल्याउन नसकेकाहरु त्यहीँ रहे । अब के हुन्छ, थाहा छैन यदि मान्यता नदिने भए कार्यसम्पादन मूल्यांकन किन गरेको ? कार्यकुशलता र कार्य जटिलताअनुसार भएको कामलाई राम्ररी विश्लेषण गरिएन । एउटै पार्टीमा भएपछि कोसँग नजिक, कोसँग टाढा ? यस्तो प्रश्न आउँदैन । पार्टीमा गुट–उपगुट मनभित्र कसैलाई होला । मानिसले खोज्ने भनेको परिणाम हो, अनुहार होइन ।

आज राष्ट्रले खोजिरहेको परिणाम हो । परिणाम राम्रो दिनेले नै प्रधानमन्त्री र पार्टीलाई राम्रो बनाउँछ । जनतामा विश्वास बढाउँछ । मुलुकलाई समृद्धिको दिशातिर लिएर जान्छ । कसैको अनुहार वा राम्रो बोल्ने वा लेख्ने मात्र होइन । अहिले प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । आशा गर्ने हो कि, राम्रो मन्त्रिमण्डल बनाउनुस् । परिणाम जनतलाई दिनुस् । ‘संवृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानमा सफलता प्राप्त होस् भनेर शुभकमाना दिनुबाहेक हामीसँग अरु के छ र ? 

खराब इञ्जिन भएको जहाज उड्न लाग्यो भने के हुन्छ ? कहीँ–कतै ल्याण्ङि सही तरिकाले हुँदैन । दुर्घटना हुन्छ । त्यही कारण हामी त चाहन्छौं कि पाइलट कुशल, इञ्जिन असल होस्, अनि यात्रुहरु अनुशासित हुन् । जनआस्था साप्ताहिकसँगको कुराकानीमा पण्डितले भनेका छन्, 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह